क्वारेन्टाइनमा महिलालाई बलात्कार गर्ने ३ स्वयंसेवक पक्राउ

काठमाडौं/कैलालीको लम्कीचुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बलात्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार बेलुकी तीनजना स्वयंसेवकलाई पक्राउ गरेको हो ।

क्वारेन्टाइनमा बसेकी महिलाले शनिबार राति तीनजनाले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा लम्कीका सर्जन विक, लक्ष्मण परियार र किशोर परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका तीनैजना स्वयंसेवकका रूपमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । तीनैजना हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । आजको नयाँ पत्रिका दैनिकबाट