कोरोना महामारीलाई राजनितिकरण गर्न खोजियो : गृहमन्त्री ‘बादल’

काठमाडौँ/गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले कोरोना महामारीलाई केही राजनितिक शक्तिहरुले राजनितिकरण गर्न खोजिएको बताउनु भएको छ । सौराहा अनलाइन टिभिसंगको अन्तरवार्तामा सरकार अलोकप्रिय बनेको हो भन्ने प्रश्नमा गृहमन्त्री बादलले भन्नुभयो ।

“सरकारले आफ्नो दायित्व पुरा गरिरहेको छ, कोरोना भन्दा अघि पनि शान्ति सामानय अवथा थियो, र विकासकोगति तीब्र रुपमा बढिरहेको थियो, आर्थिक वृद्धि दर ७ प्रतिशत भन्दा माथि थियो, आगामी बर्ष ८ प्रतिशत भन्दा बढि वृद्धिको अपेक्षा थियो,तर कोरोनाको महामारीले गर्दा अहिले अस्त व्यस्त बन्न पुगेको छ।

आर्थिक कमजोर बन्न गएको छ यसैलाई केही राजनितिक शक्तिहरुले राजनिति करण गरि मुलुकमा अस्थिरता ल्याउने प्रयत्न गरिरहेको छ । गृहमन्त्री थापाले आवस्यक सुरक्षाका मापदण्डलाई पालना गरि लकडाउनलाई केही खुकुलो पारिएको बताउनुभयो ।