नौ महिनादेखि सन्चार विहिन साेरुकाेटबासी टावर बनेपछि भए खुसी

मुगुको सोरु गाउँपालिका विगत नौ महिना देखि सञ्चारविहीन भएको थियाे । सोरु गाउँपालिका–३ भिइमा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि सञ्चारविहीन भएको हो ।
सबै भन्दा बढीसोरु गाउँपालिका वडा नं. १० र ११ का स्थानिय प्रभावित भएका थिए । दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम मोवाइल सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका हुन। फोनमा कुरा गर्न अग्ला डाँडापाखा रुखमा चढेर सूचना आदानप्रदान गर्नुकाे बिकल्प थिएन ।
यहाँका नागरिक घण्टौ उकालो चढेपछि हुम्लाको मेलछाममा रहेको टावर मोबाइलमा सिग्नल खोज्ने गर्छन र मोबाइल घुमाउँदै जाँदा जहाँनेर नेटवर्क टिप्छ त्यहाँबाट बल्लबल्ल सूचना आदानप्रदान गर्ने गर्थे सोरु गाउँपालिकाका स्थानीय । टावरमा प्राविधिक समस्या अाई रहने र बेला बेला टेलिकमलाई जानकारी गर्दा पनि कुनै सुनाई नगरेको स्थानीय बासिन्दाकाे गुनासो थियाे ।
नौ नौ महिनासम्म सन्चार विहिन हुदाँ समेत स्थानीय सराेकारका रुपमा रहेको साेरु गाउँपालिकाले केही गर्न नसकेपछि साेरु गाउँपालिका वडा नम्बर १० का युवा समाजसेवी ललितजङ्ग मल्ल एक हप्ता अगाडि नेपाल टेलिकमकाे कार्यालयमा नै गएर सेवाग्राहीकाे समस्यालाई समाधान गर्न अादेश दिनु भएको थियाे ।
त्यस लगत्तै नेपाल टेलिकमकाे कार्यालयले नेपालगन्जमा रहेका अाफ्ना कर्मचारीलाई साे गाउँपालिमा पठाएको थियाे ।
कर्मचारीले टावर मर्मत सम्भार गरेपछि पुर्न टावर सन्चालनमा अाएकाे छ । टावर सन्चालनमा अाएसगै स्थानीय बासि खुसिले गदगद भएका छन् ।