बुक किनबेच र मेरो किनमेल बीच सहकार्य, अब खाजासंगै पुस्तक पनि पढ्न पाइने

बुक किनबेच डट कम र मेरो किनमेल डट कम बीच पुस्तक डेलिभरीको लागि सहकार्य भएको छ। मेरो किनमेलले बुक किनबेचलाई पुस्तक ग्राहकको घर घरमा पुर्याउन सहयोग गर्ने छ।
मेरो किनमेलले चितवनमा रहेर तरकारी, फलफुल, खाद्य सामग्री , खाजा र खाना डेलिभरी गर्दै आएको छ । बुक किनबेचले अनलाइन मार्फत भरतपुरमा पुस्तक तथा मसलन्द सामग्रीको कारोबार गर्दै आएको छ।
कोरोना भाइरसले देश पूर्ण बन्दाबन्दिको अवस्थामा रहेको समयमा पाठकले मेरो किनमेल मार्फत पुस्तक पनि पढ्न पाउने छन्। अब बजारमा भिडभाड गर्नु पर्ने समस्या बिस्तारै हट्ने बुक किनबेचका संचालक बिमल पौडेलले जानकारी दिए।
बिद्यालय बिस्तारै खुल्दै जाने र बिद्यार्थी तथा अभिभावकहरु पुस्तक तथा स्टेशनरी सामग्रीको लागि पसल जानु पर्ने अवस्था कम गर्न र आवस्यक सुरक्षा अपनाएर पुस्तक डेलिभरी गरिने मेरो किनमेलका संचालक सुशील सापकोटाले बताए।