देशको अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ता नै अहिलेको आवश्यकता !

देश स्वतन्त्र भएता पनि लामो समयसम्म छिमेकी देश भारत र चीनको वलमिच्याईमा फसिरहयो । कमजोर देशमा शक्तिशाली देश हावी भईरहनु समान्य रुपमा लिईदा यसले देशलाई नै धेरै नै क्षति भएको छ । सहयोगका नाममा भुगोलमा ठुलो देशले सानो देशलाई गरिने सहयोगमा स्वार्थ मिश्रित वनिदियो । नेपालको गौरवमय ईतिहासमा छिमेकी मुलुक भारत र चीनको फुटाउ र राज गर प्रवृक्तिलाई नेपालका राजनैतिक दलका नेतागणहरुले समयमा वुझन नसक्दा र स्वार्थ प्रेरित भावनामा अंकुश लगाउन नसक्दा देश नै गुलामी गर्न वाध्य वनिदियो ।

देश को भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्तामा समेत एक हुन नसक्ने नेपालका राजनैतिक दलका नेता र नेतृत्वहरु कसका लागी राजनिती गरिरहेका छन् ? सोच्न विवश वनाएको छ । विगतका कमी कमजोरीलाई औल्याएर देशको सिमा रक्षाका लागी लड्ने कि भारतको गुलाम गरिरहने ? अव सिमित नेताका कमजोरीमा आम जनता देशका सिमा मिचिदाँ पनि नवोलिरहन सक्दैनन र सक्नुहुदैन ।

नेपालको आन्तरिक राजनितीमा छिमेकी देशहरुको प्रभाव सधै परिरहयो । देशका आन्तरिक समस्या समाधानमा समेत आफनो निर्णय गर्न नसक्ने अवस्थामा पुग्ने अवस्था अरु कसैले होईन अहिलेका नेताहरुका विगतको भुमिका नै प्रधान वनिदियो । ईतिहास आफैमा विलिन हुदैन, विलिन वनाउने प्रयत्न मात्र हुन्छ । ईतिहासलाई नजिकवाट नेपालको राजनितीलाई नियाल्ने हो भने नेपालका आन्तरिक हस्तक्षेपमा चीनको भन्दा भारतको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पाउन सकिन्छ । यसैको प्रभाव विश्व राजनैतिक सन्दर्भमा र एक्काईसौ शताव्दीमा समेत नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप रहिआएको छ ।
राजाको शासनकालमा राजनैतिक दलको भुमिका कमजोर भएता पनि राणाकाल र राजतन्त्रको अन्त्य सँगै राजनैतिक दलको भुमिका नै प्रधान भएता पनि यसले आकार ग्रहण गर्न सकेन । आफनै देशका जनताको जीवनस्तर उकास्न भन्दा पनि नेपालमाथी हस्तक्षेप वढाएर राष्ट्रवादी वन्न चाहने भारतिय शासकको तप्का ठुलो रहेको छ । त्यसै पनि भारतको छिमेक निति विश्व सामु हेपाहा र मिचाहा रहेको छ । यो सन्र्दमा नेपालमाथीको सिमा मिचाई भारतका लागी समान्य वनिदियो, त्यो हिजो पनि थियो, आज पनि छ र भोली पनि रहन्छ, जवसम्म नेपालको नेता र जनताहरु देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रतामा एक वन्न सक्दैन, तवसम्म छिमेकले नेपालमाथी गर्ने ज्यादती कम हुदैन ।

देशको अस्तित्वमाथी नै भारतले धावा वोलिरहदाँ पनि भारतको दानापानी खाएर नेपालमा राजनिती गर्नेहरुलाई अव जनताले कुनै पनि वहानामा छुट दिनुहुदैन । किनकी धर्तिमातालाई वेचेरे स्वर्गमा वस्नुछैन, आम नेपालीलाई । देशको भुगोल सानो ठुलो हुनसक्दछ, तर सार्वभौमसत्ता र स्वतन्त्रता वरावर हुन्छ । त्यहि वरावरी र स्वतन्त्रता नेपाली जनताले खोजेका हुन् ।  

राजनिती देश र जनताका लागी केन्द्रित हुनपर्दछ, जनताको जीवनस्तर उकास्ने माध्याम वन्नुपर्दछ । देशको समृद्ध र विकासका लागी राजनिती हुनुपर्दछ । तर यो भन्दा वाहिर नेपालको राजनिती प्रधान वनिदियो । देश र जनताका लागी भन्दा पनि स्वार्थ केन्द्रित र सत्ताका लागी राजनिती मुख्य वनिदियो । देशको आन्तरिक विषयमा फरक मत स्वाभाविक हुन सक्दछन् । विषयका उठान र देश परिवर्तनका लागी योजनाहरु भिन्न हुन सक्दछन् तर नेपालका राजनिती आन्तरिक विषयमा पनि परनिर्भरतामा विश्वास गरिदियो । देश र जनतालाई केन्द्रविन्दु भन्दा सत्ता र शक्ति मात्र राजनिती हो भन्ने भावनाले ग्रसित वनिदियो , त्यसैको कमजोरीमा टेकेर भारत सधै नेपालमाथी अधिपत्य जमाईरहयो, त्यसैको परिश्रृखला हो, सिमा विवाद, नाकावन्दी र प्रत्यक्ष हस्तक्षेप । देशका भौगोलिक अखण्डतामा समेत एक हुन नसकेका नेपालका राजनितीहरु नेपाललाई वन्धक वनाएर सत्ता हत्याउने दाउपेचमा लागिदियो । जसको श्रृखला भारतले सिमा नाकामा आफनो विस्तार वढाईरहयो । सिमा अतिक्रमण कालापानी, लिपुलेक र लिम्पियाधुरामात्र होईन विभिन्न सिमानामा अतिक्रमण भईरहेको छन् । जुन नेताहरु सवैलाई थाहा छ तर वोल्ने हिम्मत छैन, किनकि यिनीहरुसँग यसवारेमा वोल्ने नैतिक आकार छैन, उनिहरु विकाउ वनिसकेका छन् । स्वार्थताका लागी चेतना नै विकाईसकेका छन् । नेपालको राजनैतिक आन्दोलनमा मुख्य भुमिका रहेका गिरिजाप्रसाद, मनमोहन, मदन भण्डारी, शुशिल कोईराला लगायतका नेताहरु अहिले धर्तिमा नभएता पनि त्यसपछिका नेताहरु जीवित नै छन् जसले भारतका खातिरीदार गरिरहेका छन्, किनकि यिनिहरु कुनै न कुनै मुद्धामा भारत सँग विकिसकेका छन ।
सोच उहि, चेतना उहि र क्षमता उहि, नेतृत्व उहि, त्यहि कमजोर नेतृत्वमा देश र नेपालको राजनिती चलिरहेको छ । अनि परिणाम अलग खोज्नु मुर्खता शिवाय केहि हुन सक्दैन । राजनैतिक जीवनमा देश र जनता परिवर्तनका लागी नेतृत्वगणमा कमजोरी अवश्य भयो होला, तर त्यो कमजोरी सच्याएर अगाडी वढ्नु भन्दा फेरि पनि सत्ता र शक्तिका लागी थप गल्ती गर्नु महाभंयकर शिवाय अन्य हुन सक्दैन, अव सिमित नेताका कमजोरीमा आम जनता देशका सिमा मिचिदाँ पनि नवोलिरहन सक्दैन र सक्नुहुदैन । कमजोरी हुन सक्दछ, कमजोरी सच्चाएर अगाडी वढ्ने नै नेतृत्वको महानता हो, तर महानता प्रकट गर्न कमैले भुमिका खेलोस ।
नेपालको संविधान निर्माणमा भारतको सहमति वेगर जारी गरिएको विषयलाइृ लिएर भारतले नाकावन्दी गरेपछि साँच्चै नेताहरु सच्चिएलान र जनभावनाको कदर गरि काम गर्लान भन्ने सोच नौ दिन पछि विर्सियो भने जनताहरु भारतको त्यो लामो नाकावन्दी पनि सामाजिक संजालमा क्रान्तिकारी वन्नु शिवाय अन्य वन्न सकेन । भारतले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि केहि समय क्रान्तिकारी वनेर भाषण गरेका नेता र जनताहरु पनि विलाएर गए, त्यो केवल सत्ता र शक्तिका लागी गोठी मात्र वनिदियो । हालै पनि भारतले एकतर्फी रुपमा नेपालको जमिनमा वनाएको वाटोले केहि समय राजनिती गर्माएको भएता पनि यो पनि नौ दिनपछि नौलो वन्नेमा कुनै शंका छैन । किनकि हामी आम जनताले पटक पटक भोगेका छौ नेताहरुको नाडी ।
भारतको त्यो अधिनायकवाद शैलीलाई वर्तमान सरकारले जसरी पनि सच्चाउने र नेपालको भुभाग फिर्ता ल्याउने मन्त्री परिषद वैठक वाट पारित गरिसकेको छ । अहिलेको ओली सरकारले नै यो काम गर्ने कुरामा आम जनता विश्वस्त भएता पनि नेपालका अन्य राजनैतिक दलहरुको नेता र नेतृत्वको भारतपरस्त अभिव्यक्तिले आम जनतालाई चिन्तित वनाएको छ । गुलामीको पनि हद हुन्छ, सत्ता र शक्तिका लागी धर्तिमाता को कदापी वेच्न सकिदैन भन्ने समेत सोच्न नसक्ने नेताहरुलाई जवसम्म जनताले ढोक्रेठयाक लगाउन सक्दैन, तवसम्म भारतले आफनो अधिनायकत्व लादिरहन्छ ।
देश को स्वतन्त्रता र सार्वभौमसत्तामा समेत एक हुन नसक्ने नेपालका राजनैतिक दलका नेता र नेतृत्वहरु कसका लागी राजनिती गरिरहेका छन् ? सोच्न विवश वनाएको छ । विगतका कमी कमजोरीलाई औल्याएर देशको सिमा रक्षाका लागी लड्ने कि भारतको गुलाम गरिरहने ? देशको भुगोल सानो ठुलो हुनसक्दछ, तर सार्वभौमसत्ता र स्वतन्त्रता वरावर हुन्छ । त्यहि वरावरी र स्वतन्त्रताको हिसा नेपालले चाहन्छ । जसले देशका सार्वभौमसत्ता र स्वतन्त्रतामाथी धाँवा वोलेका छन्, उनिहरुका अव नेपाली जनताले हिसाव किताव गर्ने दिन आईसकेका छैन । उनिहरु देश र जनताका लागी गुलामी गरेका हैन, व्यक्तिगत स्वार्थताका लागी मात्र गुलामी गरेका छन् भन्ने वुझन अव ढिला गर्नु हुदैन । देशको अस्तित्वमाथी नै भारतले धावा वोलिरहदाँ पनि भारतको दानापानी खाएर नेपालमा राजनिती गर्नेहरुलाई अव जनताले कुनै पनि वहानामा छुट दिनुहुदैन । किनकी धर्तिमातालाई वेचेरे स्वर्गमा वस्नुछैन, आम नेपाली जनतालाई । किनकि समयले देश र जनतालाई निश्चित समयसम्म मात्र साथ दिन्छन् नकि सधैभरि । जसरी समय कसैका दास वन्दैन, आम नेपाली जनताहरु पनि कसैको दास वन्नु कदापी हुदैन । सरकारले गरेको अहिलेको निर्णयलाई अक्षरस पालना गरेर देशको अस्मितामाथी धाँवा वोल्नेलाई जरैदेखि उखालेर फाल्नु नै अहिले देश र जनताका लागी आवश्यक हो । नकि राष्ट्रियता जस्तो विषयमा राजनिती गर्नु अहिलेको आवश्यकता हो ! लेखक: वि.वि.श्रेष्ठ