एमसीसीबिरुद्ध बिप्लव नेकपाले गर्यो संर्घषका कार्यक्रम घोषणा: प्रधानमन्त्री ओली र देउवाको पुत्ला जलाउने ।

चितवन/अमेरिकी सहयोग परियोजना एमसीसी पास नगर्न जनस्तरबाटै दबाब बढीरहेका बेला बिप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रघाती एमसीसी परियोजना पास नगर्न चेतावनी दिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले आक्षर््तबार साँझ एक बक्त्तव्य निकाल्दै अतिक्रमणकारी अमेरिकी परियोजना एमसीसी लाई केपी सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसदवाट पास गर्न खोजिरहेको विषयप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता शेर बहादुर देउवाको पुत्ला दहन लगाएतका बिभीन्न कार्यक्रमहरु गर्ने घोषणा गरेको छ ।

आम जनमत यो परियोजना पास नगर्ने पक्षमा रहेकोले जनमतको खिलाफमा सरकारले परियोजना जवरजस्त पास गर्न खोज्नु राष्ट्रघाती कदम हुने भन्दै यसको बिरुद्ध आमहड्तालको कार्यक्रम समेत घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति मार्फत विप्लबले जनमतविपरीत एमसीसी पास गरिएमा नेपाली देशभक्त आमनागरिक, बुद्धिजीवी, राष्ट्रिय पार्टीहरूलाई स्वाधीनताका पक्षमा अविलम्ब सशक्त प्रतिरोधमा उत्रन अनुरोध पनि गरेका छन् । उनले नेपाल कम्युनिस्ट पार्टीले यसको सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । प्रतिरोधबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार, संसद र अनुमोदन गर्ने पार्टीहरू हुनुपर्ने चेतावनी पनि महासचिव विप्लवले दिएका छन् । हामी एमसीसी सम्झौता सम्पूर्ण रूपले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको स्थितिमा उक्त सम्झौतालाई कुनै पनि हालतमा संसदवाट पास नगर्न विशेष रूपले आग्रह गर्दछौँ ।

साथै सरकारी नेकपालाई यस्तो राष्ट्रघाती आपराधिक कार्यमा सहीछाप नलगाउन आग्रह गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ । एमसीसी सम्झौताले अमेरिका–नेपाल सम्बन्धमा समेत गम्भीर नकारात्मक परिणाम ल्याउने भएकाले अमेरिकी सरकारलाई पनि यो सम्झौता नेपालमा नलाद्न र नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न उनले आग्रह गरेका छन् । वक्तव्यमार्फत विप्लवले २०७७ जेठ १९ र २० गते एमसीसी सम्झौता जलाउने, २०७७ जेठ २१ गते केपी र शेरबहादुर देउवाको पुतला जलाउने, २०७७ जेठ २२ गते पर्चा वितरण तथा बेलुका मशाल जुलुस निकाल्ने, २०७७ जेठ २८ गते पोस्टर टाँस्ने र विभिन्न सङ्घर्षहरूसहित आमहडतालसम्म गरिने जानकारी गराएका छन् ।