देशभक्त राजा वीरेन्द्र र जेष्ठ १९ को दरबार हत्याकाण्ड

देशप्रेमी राजा वीरेन्द्र र उनका परिवारको २०५८ साल जेठ १९ गते शुक्रबार साँझ राजदरबारमा अकल्पनीय दुःखद क्षेणको घटनामा दिवंगत भएका मृत आत्माहरुको चीर शान्तिको कामना गर्नु मात्र आज हामी नेपालीहरुको लागि परिस्थिति आएको छ । तर दिगम्वत सरल ह्रदयका राजा वीरेन्द्र र उनका परिवारको विभत्स हत्यामा श्रद्धाञ्जलि अर्पण गर्नमा मात्र सीमित नरहेर हामीले नेपालको राष्ट्रिय स्वाभिमान उच्च राख्नसक्ने क्षमता हुनु पर्छ ।

समयको अन्तरालमा दरबार हत्याकाण्डलाई लिएर अनेकौं कोणबाट चर्चा परिचर्चा एवम् मिथ्या आरोपहरु थुपार्ने अनावश्यक विवादहरु उब्जाउदै राजदरबार हत्याकाण्डलाई आ–आफनै ढङ्गले व्याख्या गर्ने गरिएको पनि छ । हत्याको घटनालाई राजनीतिक दलका तात्कालिक प्रधानमंत्री गिरिजाप्रसाद कोइराला तथा एमालेमा नेता माधव नेपालहरुले देशलाई संक्रमणकाल र अस्थिरताबाट जोगाउन राजा ज्ञानेन्द्रलाई २०४७ सालको संविधान अनुसार राजाको रुपमा स्थापित गरी राजसंस्थालाई निरन्तरता दिएका थिए । तर तिनै व्यक्तिहरुले पनि राजा ज्ञानेन्द्रलाई धोका दिएर माओवादीको बाटोमा लाग्न पुगे । 

 राजदरबार हत्याकाण्ड भएको ७ दिन नपुग्दै माओवादीका नेता बाबुराम भट्टराईले जेष्ठ २४ गते कान्तिपुरमा एक लेख छपाएर दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको हात छ भनेर कपोलकल्पित लेख प्रकाशित गराए । त्यो लेखले नेपाली समाजमा एउटा भ्रम खडा ग¥यो । वास्तवमा भारतीय राजदूतावास स्थित भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख र बाबुराम भट्टराईको सुमधुर संवन्ध कायम रहेकाले यिनै ‘रअ’  प्रमुख हर्मीजको सल्लाहमा बाबुराम भट्टराईले राजा ज्ञानेन्द्र माथि कथित आरोप लगाएर लेख लेखेका थिए । किनकि ‘रअ’ प्रमुख हर्मीज र बाबुराम भट्टराई दुबै  क्रिस्चियन भएकाले यी दुईबीचमा राम्रो संवन्ध  हुन स्वाभाविकै थियो । त्यसपछि यस्तो हंगामा मच्चाइयो कि दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्र र पारसलाई दोष थोपार्ने प्रचार गरिएकाले अरुहरुले पनि त्यही अनुसार आफूखुसी लेख्न थाले । यसरी राजा ज्ञानेन्द्रप्रति आरोप  लगाएर भारतीय संचार माध्यमहरुले पनि जहाँतहीं लेख्न थालिए । यसले ब्यापकता पाएपछि ‘रअ’ प्रमुख बढुवा भएर भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा नियुक्त भए र नेपालमा आलोक जोशी ‘रअ’ का गुप्तचर प्रमुख बने । 

त्यसपछि योजनावद्ध रुपले माओवादी लगायत कांग्रेस, एमालेका नेताहरु ‘रअ’ को माध्यमबाट दिल्ली दरबार धाएर १२ बुँदे सहमतिमा हस्ताक्षर गरेर प्रायोजित जनआन्दोलनमा सहभागी बने । जनआन्दोलनले रक्तपातपूर्ण स्थिति खडा गर्न थालेकाले राजा ज्ञानेन्द्रसँग संझौता गरेर जनआन्दोलन बिसर्जन भएको थियो ।

तर जनआन्दोलपछि राजासँगको संझौतालाई धोका दिएर मुलुकलाई धर्म निरपेक्ष, गणतन्त्र बनाउने रणनीतिमा राजनीतिक दलहरु लाग्न थाले । नेपालमा अहिलेको संकटको मूल कारक नैं यही हो । राजा वीरेन्द्र देशप्रेमी र प्रजातन्त्रवादी थिए । उनलाई पाँचै विकास क्षेत्रका १४ अञ्चल ७५ जिल्लाको बारेमा गहिरो ज्ञान थियो । नेपालको आर्थिक विकासका निमित शान्ति क्षेत्रको माध्यमबाट मुलुकलाई समुन्नत बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त थिए । नेपालको भौगौलिक बनावट र सामरिक दृष्टिकोणले दुवै छिमेकी राष्ट्रसंग सुमधुर सम्बन्ध राख्नमा नै उनी अघि बढिरहेका थिए ।

उनले नेपाली सेनालाई तालिमका निमित्त आवश्यक पर्ने केही हातहतियार चीनसंग खरिद गरेपछि भारत सशङ्कित भयो । राजीव गान्धीसंग राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्बन्ध चिसिन गएको थियो । त्यही मौकाको फाइदा उठाएर नेपाल माथि भारतले आर्थिक नाकाबन्दी ग¥यो । 

नाकाबन्दीबाट नेपालीहरुलाई झुकाउन नसकेपछि नेपालमा २०४६ सालको आन्दोलनलाई उचाले । आन्दोलनकारीहरुको सहयोगको लागि भारतबाट चन्द्रशेखर लगायत एकदर्जन भारतीय नेताहरु नेपाल आएका थिए । पञ्चायती व्यवस्था फाल्नेमात्र भारतको चाहना थिएन । राजतन्त्रप्रति असहमति जनाउने कांग्रेस (आइ)को नीतिसंग राजा वीरेन्द्र नझुकेपछि भारत नेपालसँग चिढिएको थियोे । नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई भारतले अस्वीकार गरिरहेको थियो भने सार्क राष्ट्रको संगठनमा राजा वीरेन्द्रको भुमिकाप्रति भारत खुशी थिएन । कलकत्ताका कम्युनिष्ट नेता ज्योति वसुको घरमा गरिएको बैठकबाट नेपालका राजारानी विरुद्ध जथाभावी नारा लगाएन शुरु भएको थियो । नेपालका केही राजनीतिक दलका नेताहरु भारतमै बसेर राजतन्त्रलाई कसरी हटाउन सकिन्छ भन्ने षड्यन्त्रमा लागि रहेका बेला राजदरबार हत्याकाण्ड भएपछि सो घटना भारतले गराएको आशंका गरियो । वास्तवमा यस घटनामा ‘रअ’ को गहिरो संवन्ध थियो भन्ने कुरा हर्मीज र बाबुराम भट्टराईको उठबसबाट स्पष्ट हुनसक्छ । 

दीपेन्द्रसँग दीव्यानी राणाको विवाह गर्न रानी ऐश्वर्यको असहमती भएपछि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख पी हर्मीमजले अनेकौं षडयन्त्रमा संलग्न भएको कुराको आधारमा ‘रअ’ संलग्न थियो भन्ने पुस्टयाँउछ । शाही पारिवारीक भेटघाटको क्रममा घटेको यो घटनामा युवराज दीपेन्द्रको मादक पदार्थको उन्मात् नैं यस हत्याकाण्डसँग जोडिएको छ । प्रेममा पागल भएका दीपेन्द्रलाई त्यो घटनाले अझ उत्तेजित बनाएपछि आफना बाबु र आमालाई हत्या गर्न उक्सायो । २०४६ सालको परिवर्तनपछि फाल्न नसकेको राजसंस्थालाई दरबार हत्याकाण्डपछि देश विदेशी शक्तिले २०६३ मा राजसंस्था विस्थापित गराउन सफल भए ।

दरबार हत्याकाण्डको दोष ज्ञानेन्द्र माथि लगाएर संसदवादी दलहरुसमेत माओवादीहरुको घेरामा फसे । नेपालीहरुले आपm्नो अभिभावकको रुपमा मानेका वीरेन्द्रको हत्या हुँदा देश शोकाकूल भयो । चारैतिर रोदन र क्रन्दनको चित्कार सुनिन्थ्यो । रहस्यमय ढङ्गबाट हत्या भएको त्यो कहालीलाग्दो क्षण संम्झदा अहिले पनि मन खिन्न हुन्छ । सारा अनुसन्धान तथा प्रधानन्यायधीसको समितिको प्रतिवेदन र  घटनाक्रम अनुसार दुखान्त घटनाको खलनायक दीपेन्द्रनै थिए । 
राजा वीरेन्द्रको वंश विनास भएपछि राजसंस्थाको विरोधीहरुलाई थप हौसला मिल्न पुग्यो ।

नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा अक्षुण राख्न राजसंस्थाको महत्वपूर्ण योगदान रहिआएको थियो । राजा वीरेन्द्र लोकप्रिय र राष्ट्रवादी भएकोमा केही देशी ,विदेशी शक्तिहरु सहनै सक्दैनथे । राजा वीरेन्द्रको हत्यापछि संसदीय प्रजातन्त्र नै धरापमा पर्न गयो । राजा वीरेन्द्रले माओवादीमाथि सैनिक बल प्रयोग गर्न नदिएकोमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रुष्ट भएका थिए  ।

राजा वीरेन्द्र चाहान्थे कि नेपाली नागरिकको हत्या सेना लगाएर गराउनु हुन्न । यसरी माओवादी द्वन्द छिमेकी देशको इशारामा संचालित भएकाले त्यसबेलामा नेपालको वर्तमान् राजनीतिक परिवर्तनसँग अरु कैयौँ चुनौतीहरु थपिँदै जाने स्थिति पनि थियो । २०६३ सालपछि हिमाल, पहाड, तराईका साझा सँस्कृति र सद्भाव खलबलाउने चेष्टाहरु बन्दै आए । नेपालको सार्वभौमसत्तालाई युगयुगान्तरसम्म बचाइराख्न नेपाली सेना सदासर्वदा कटिवद्ध रहिरहेको शक्ति हो । अनेकौं कष्ट र वीर पूर्वजहरुले रगत पसिना बगाएर सिर्जना गरेको नेपाल राष्ट्रको अस्तित्वलाई अक्षुण राख्न नेपाली सेनाको महत्वपूर्ण भूमिका त्यत्तिनैं उल्लेखनीय छन् ।

तर त्योबेलामा नेपाली सेनालाई पनि विवादमा फसाउन खोजियो । प्रजातन्त्र र मानवअधिकारको पक्षमा सँधै सजग र सचेत रहेको सेनाको अत्राष्ट्रिय क्षेत्रमा आफ्नै सैनिक कुटनीति रहेको छ । नेपालभित्र हुने आन्तरिक राजनीतिक खिचातानीबाट देश विखण्डन हुन सक्ने अवस्थामा पनि नेपाली सेना राष्ट्रको संरक्षकको रुपमा देखिन्छ । राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताको रक्षाको लागि सेनाको भूमिका जुनसुकै बेला अपरिहार्य छ । 

नेपालमा बेलावखतमा विदेशीहरुले अनेकौं षडयन्त्र गरेर यहीका पार्टीका नेताहरुलाई प्रभावमा लिएर आफ्रनो प्रभाव जमाउन चहान्छन् । नेपाल विश्वको जनरमा आँखो हुनु उत्तरमा ठूलो देश चीन र दक्षिणमा भारत भएको कारणलेनैं नेपालको अवस्था अत्यनत संवेदनशील छ । अलिकति तलमाथि भयो भने नेपालको राष्ट्रियतामा ठूलो संकट आइपर्छ त्यसो भएकाले नेपाली सेना सचेत रहेर सँधै नेपालको सार्वभौमसत्ता बचाउन सक्नु पर्छ ।

माओवादीको बिरुद्ध सेना प्रयोग नगरेर माओवादी बिद्रोहको कारण खोजेर समाधानको बाटो लिनु पर्छ भन्ने राजा वीरेन्द्रको चहाना थियो । नेपालमा कसैको पनि रगत बग्नु हुँदैन भन्ने वीरेन्द्र चाहन्थे । यस घटनाक्रममा जे जस्ता विचारहरु प्रस्तुत गरे पनि राजा वीरेन्द्र अब यो संसारमा छैनन् । राष्ट्रिय राजनीतिमा राजा वीरेन्द्रको सोच थियो कि नेपालको राष्ट्रियता, प्रजातन्त्र र राजसंस्थाबीचमा सँधै समन्वय र संतुलन रहिरहनु पर्छ ।

अतः प्रजातान्त्रिक मूल्य र मान्यतालाई सबैले आत्मासात गर्ने हो भने अव नेपालको राष्ट्रियता, प्रजातन्त्रको सदृढीकरणको लागि हामी विभिन्न विचारधारामा विभाजिन राजनीतिक तथा गैर राजनीतिक क्षेत्रबाट सोचौ र संकटग्रस्त देशलाई संकटबाट जोगाउन नेपालको एकता, स्थायित्व र सार्वभौमसत्तासँग जोडिएका मान्यताहरुलाई चीरस्थायी गर्न सक्नुपर्छ ।न्युज अभियानबाट