बिभिन्न संघ संस्थाद्वारा कार्यदललाई सहयोग।

चितवन, २८ चैत/कोरोना नियन्त्रण कार्यदल भरतपुरलाई बिभिन्न संघ संस्थाहरुले भिन्न भिन्न सामाग्री सहयोग गरेका छन् । अबिनास ग्रुप अफ पोल्ट्री ईन्डष्ट्रिज र स्काई लार्क एग्रो प्रालीले आज कार्यदललाई आठ हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।
कम्पनीका तर्फबाट टिकाराम पोख्रेलले कार्यदलका संयोजक संयोजक तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई माक्स हस्तान्तरण गर्नुभयो । यस्तै सोही संस्थाले जिल्ला प्रहरी कार्यालय चितवनलाई दुई हजार थान माक्स प्रदान गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङलाई प्रोख्रेलले माक्स हस्तान्तरण गर्नु भएको हो ।
कोरोना भाईरसको त्रासका कारण उपचारमा समस्या नहोस भनेर अस्पताललाई र सुरक्षामा खटिएका शुरक्षा कर्मीलाई अफ्ठ्यारो नहोस भनेर माक्स हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिनुभयो ।
केही दिन अघि सोही संस्थाले भरतपुर अस्पताल र कोरोना अस्पताललाई ५÷५ हजार थान माक्स हस्तान्तरण गरेको थियो ।
यस्तै आजै एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले दुई सय सर्जिकल माक्स, पाँच थान व्याक्तिगत सुरक्षा सामाग्री ९पिपिई० कार्यदललाई हस्तान्तरण गरेको छ । संस्थाका उपाध्यक्ष शान्तलाल प्रधानले ती सामाग्री दाहाललाई हस्तान्तरण गर्नु भएको हो । यस संस्थाले यस अघि पनि सहयोग गरेको थियो । यता न्यू बुद्धमुनी लोकमाण्ड एण्ड सन्सले १० थान पिपिई हस्तान्तरण गरेको छ । सन्सका संञ्चालक महेन्द्रमान शाक्यले संयोजक दाहाललाई हस्तान्तरण गर्नु भयो ।
यसैगरी नारायणी मोटर्सका अनुशा चुकेले १० सेट पिपिई, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले रु १ लाख २४ हजार २ सय वरावरको बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । संस्थाले २० थान पिपिई र ८० थान एन ९५ माक्स हस्तान्तरण गरेको हो । पिपि खेतानले नेतृत्व गनुभएको अबसर फाउण्डेसनले एक हजार लिटर सेनिटाईजर र आबिस्कार पोल्ट्ीका सञ्चालक बिज्ञान बिक्रम शाहले प्रति थान रु ७ हजार ५ सय पर्ने १० थान भाईरोसिज हस्तान्तरण गर्नु भएको छ । नारायणी मोटर्सले यस अघि पनि सहयोग गरेको थियो ।
सामाग्री ग्रहण गर्दै कार्यदलका संयोजक रेनु दाहालले संकटका समयमा सबैको सहयोग आबश्यक रहेको बताउनुभयो । कोरोना संग लड्नका लागि सबैको साथ र सहयोग चाहिएको भयो । सो अबसरमा कार्यदलका सदस्य सचिब एबं भरतपुर अस्पतालका अध्यक्ष डा। भोजराज अधिकारीले यहाँ संकलित सामाग्रीहरु बिभिन्न अस्पतालहरुलाई बितरण गरिने बताउनुभयो ।
बिभिन्न संघ स।स्थाहरुले कार्यदललाई सहयोग गर्ने क्रम जारी छ ।