लकडाउनमा समेत एम्बुलेन्सको प्रयोग गरी लागुऔषध तस्करी, तस्करहरु पुगे प्रहरी खोरमा ।

सुर्य बराल

सुर्य बराल/चितवन /देशभर लकडाउन भई प्राय : उधोग ब्यबसाय बन्द रहेको बर्तमान अवस्थामा समेत लागुऔंषध कारोबारीको कारोबार भने रोकिनुको सट्टा झन झन नयाँ नयाँ तरिका अपनाउदै बढदै गरेको देखिन्छ । लकडाउनको समयमा पनि लागु औषध तस्करी गर्ने तस्कर र बेच्ने गिरोहहरुले आफ्नो कारोबारलाई नयाँ शैंलीमा बढाईरहेको पाईएको हो । लागुऔषध तस्करहरुले नवलपुरको एउटा एम्बुलेन्सको प्रयोग गरी नवलपरासीको बर्दघाटबाट चितवनको भरतपुरमा लागुऔंषध तस्करी गरेको पाईएको हो ।
घटनाबिबरण अनुसार यहि चैत्र २४ गते भरतपुरको आखाँ अस्पतालबाट आँखाको बिरामीको नाटक गरी बिरामी बर्दघाट पुर्याउने भन्दै तस्करहरुले एम्बुलेन्स नै रिर्जभ गरेका थिए । तस्करहरु मध्येका नक्कली बिरामी बिनोद राना मगर र अर्का तस्कर प्रबिन घर्ति गैडाकोटस्थित नारायाणी कालाखेती स्मृती प्रतिष्ठानको लु. २ .च. नम्बरको एम्बुलेन्सलाई रु ७ हजारमा रिर्जभ गरी बर्दघाट गई उताबाट अर्को बिरामी समेत ल्याउने भन्दै एम्बुलेन्समै बर्दघाट पुगी त्याहाँबाट प्रतिबन्धित लागुऔंषध लिई फर्किएका थिए । एम्बुलेन्समै लागुऔंषध ल्याईरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले सुनवलबाट फर्किएर बिनोद घर्तीलाई घरमा पुर्याउदै गरेको एम्बुलेन्सलाई भरतपुर २ जलमा रोडबाट एम्बुलेन्समा रहेका बिनोदको साथमा रहेको झोलाबाट लागुऔंषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुबाट प्रहरीले १८७ट्याब्लेटनाईट्रेभ्याट, ९४ थान ईस्पास्मप्रोक्सीन, ४० पिस ट्रमाजोल र १ लिटर फेन्टाको बोतलभरी फेन्सीडायल सहित पक्राउ गरेको हो । पक्राउ परेका तस्करहरुको सुचनाको आधारमा त्यो समानको धनी भएको आरोपमा प्रहरीले अर्का एक ब्यक्ति भरतपुर ११ का अनुप तिमल्सेनालाई समेत पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई ५ दिन म्याद थप गरिएको र आजै थप १० दिन म्याद थपको लागी पेश गरिएको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुगंका अनुसार उनीहरुलाई लागुऔंषध ओसारपोसार ऐनअनुसार म्याद थप गरिएको र सोही ऐन मुताबिक कार्बाही हुने बताए ।

एम्बुलेन्स जस्तो संबेदनशिल सवारीमा लागुऔंषध तस्करी हुनु दुखद भएको भन्दै एसपी गुरुगंले एम्बुलेन्सहरुलाई समेत आवश्यक्ता अनुरुप चेकिगं गरिने बताए । ऐन अनुसार पक्राउ गरिएका ब्यक्तिहरुलाई ३ देखि १० बर्षसम्म कैद हुने एस्पी गुरुगंले जानकारी दिए ।