पश्चिमी वायूको प्रभावका कारण आज र भोलि वर्षाको सम्भावना

आज र भोली नेपालका केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायूको प्रभावका कारण आज देशको उच्च पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार चैत २ गतेपनि मेघ गर्जनसहित पानी पर्ने छ । पूर्वानुमानका अनुसार देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।
यसैगरी, राति देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू–भागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यस्तै, चैत ३ गते अर्थात सोमबारदेखि पश्चिमी वायूको प्रभाव कम हुँदै जाने र मौसमा पूर्ण रुपमा सुधार आउने महाशाखाले जनाएको छ।