निमित्त प्रदेश प्रहरी प्रमखु किशोरकुमारद्धारा जलविद्युत् आयोजनाको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन ।

सिन्धुपाल्चोक/वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले राष्ट्रिय स्तरका जलविद्युत् आयोजनाको सुरक्षामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । निमित्त प्रमुख दाहालले बागमति प्रदेश अन्र्तगत बिभिन्न जिल्लमा रहेका राष्ट्रिय स्तरका जलविद्युत् आयोजनाको आकस्मिक निरीक्षण गर्दै मातहतका सुरक्षा युनिटहरुलाई कडा निर्देशन दिएका हुन् ।

क्लिन वागमती प्रदेश, लागुऔषध नियन्त्रण अभियान र कोराना विरुद्ध सचेतना अभियानकै क्रममा प्रदेशका जिल्ला दौडाह गरिरहेका उनले विभिन्न जलविद्युत् आयोजनाको सुरक्षाका विषयमा आकस्मिक निरीक्षण गरी यस्तो निर्देशन दिएका हुन् । दाहालले सोही अवसरमा यि आयोजनको सुरक्षा अवस्था र समस्याबारे जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा उनले आयोजनाको काममा सुरक्षाको दृष्टिकोणले कुनै असर आउन नदिन निर्देशन दिए । भने प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत थप निर्देशन दिएका थिए ।
उनले दोलखाको अपर तामाकोशी र सिन्धुपालचोकको मध्यभाटेकोशीको सुरक्षा चुनौतीका विषयमा स्थलगत निरीक्षण गदै उच्च सर्तकताका साथ सुरक्षा दिन प्रहरीलाई निर्देशन दिएका हुन् ।

उनले भने, “सरकारले तोकेको निर्धा्रित समयमै काम सक्ने गरि काम गरिरहेको छ, आयोजनाको काम राम्रै रहेछ । कहीकतैबाट असर नपुग्ने गरि यसको सुरक्षामा असर हुन हुदैन्, यसमा प्रहरी कडा रुपमा सुरक्षा दिनुपर्छ ।”