के गर्मी लागेपछि कोरोनभाइरस संक्रमणको फैलावटमा असर पर्ला र ?

हङकङ । यस वर्षको सुरुवातसँगै चीनमा कोरोनाभाइरसको संक्रमण फैलिरहँदा यसको प्रभाव यति भयङ्कर होला भनेर धेरैले अनुमान गरेका थिएनन् होला । मौसमी फ्लुकैजस्तो लक्षण देखिएको यो भाइरसको संक्रमणले अहिले विश्व नै प्रभावित भएको छ ।
चिसो मौसममा हुने इन्फ्लुएन्जा र कोरोनाभाइरसको संक्रमणका लक्षणमा धेरै समानता रहे पनि संक्रमितको मृत्युदरमा भने निकै भिन्नता छ । इन्फ्लुएन्जासँगै लक्षणहरुको समानता रहेका कारण कतिपयले कोरोनाभाइरसको संक्रमण चिसो मौसमको समाप्तिसँगै अन्त्य हुने अनुमानसमेत गरे । के गर्मी मौसम लागेसँगै कोरोनाको प्रभाव अन्त्य होला त रु वैज्ञानिकहरुबाट प्रष्ट जवाफ नआए पनि कोरोना संक्रमण, यसले विश्वको खास भूखण्डमा पारेको प्रभाव लगायत विविध पक्षमाथि केन्द्रित रहेर अनुसन्धानहरु भइरहेका छन् ।
अमेरिकी सैन्य चिकित्सा शोधकर्ता नेलशन माइकलका अनुसार कोरोनाले चिसो मौसममा मात्र बढी प्रभाव पार्ने देखिन्छ । इन्फुएन्जा चिसो मौसममा हुर्कन्छ त्यसैले चिसोमा उत्तरी गोलाद्र्धका अधिकांश हिस्सामा यसको प्रभाव बढी देखिन्छ । यसैका आधारमा कोरोनाभाइरसको प्रभाव पनि गर्मीमा घट्न सक्ने उनको अनुमान छ ।
तर, गर्मीमा यसको संक्रमण घटेन भने विश्वमा कस्तो परिस्थिति आउला रु हाल गर्मी सिजन रहेको सिंगापुरमा एक सयभन्दा बढी संक्रमित देखिएको परिस्थितिले विश्वलाई झस्काइदिएको छ । यतिमात्र होइन, अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना जस्ता मध्यगर्मी झेलिरहेका मुलुकमा पनि कोरोनाको संक्रमण देखिएको छ ।
यद्यपि उनले गर्मीको अन्त्यपछि आउने जाडो मौसममा कोरोनाभाइरस अझ शक्तिशाली भएर आउन सक्ने सम्भावना पनि औँल्याएका छन् । ‘अर्को जाडोमा यो फेरि आउन सक्छ,’ उनले भने ।
उनको भनाइलाई आधार मान्ने हो भने गर्मी मौसममा कोरोना संक्रमण दर घट्न सक्छ र कोरोनाको त्रासदीबाट विश्वले केही राहत महसुस गर्न सक्छ । त्यतिन्जेलमा यसको खोप तयार पार्न, यसबाट भएका क्षतिलाई पूर्ति गर्ने गरी सरकारहरुले काम गर्न समय पाउने छन् ।
कोरोनाभाइरसबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुका अनुसार एउटा निश्चित वातावरण र क्षेत्रमा यसको प्रभाव देखिएको छ । कोरोनाभाइरसको पहिलो संक्रमण फेला परेको चीनको ऊहानदेखि लिएर इरान, इटाली र दक्षिण कोरिया पृथ्वीको लगभग समान अक्षांसमा पर्दछन् । यी मुलुकमा लगभग उस्तै तापक्रम र सापेक्ष आद्र्रता पनि छ ।
तर, गर्मीमा यसको संक्रमण घटेन भने विश्वमा कस्तो परिस्थिति आउला रु हाल गर्मी सिजन रहेको सिंगापुरमा एक सयभन्दा बढी संक्रमित देखिएको परिस्थितिले विश्वलाई झस्काइदिएको छ । यतिमात्र होइन, अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना जस्ता मध्यगर्मी झेलिरहेका मुलुकमा पनि कोरोनाको संक्रमण देखिएको छ ।
कोरोनाभाइरसबारे अध्ययन गरिरहेका वैज्ञानिकहरुका अनुसार एउटा निश्चित वातावरण र क्षेत्रमा यसको प्रभाव देखिएको छ । कोरोनाभाइरसको पहिलो संक्रमण फेला परेको चीनको ऊहानदेखि लिएर इरान, इटाली र दक्षिण कोरिया पृथ्वीको लगभग समान अक्षांसमा पर्दछन् । यी मुलुकमा लगभग उस्तै तापक्रम र सापेक्ष आद्र्रता पनि छ ।
मेरिल्याण्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले कोरोनाको संक्रमण बढी देखिएका उल्लेखित मुलुकहरुको भौगोलिक अवस्थितिलाई आधार मानेर यसको सम्भावित जोखिममा रहेका केही मुलुकको सूची पनि जारी गरेका छन् जहाँ अहिलेसम्म कोरोनाको त्यति प्रभाव देखिएको छैन ।
यो शोध प्रारम्भिक नै भएको बताइए पनि केही निश्चित परिस्थितिले यो भाइरस जीवितै रहन सक्ने खतरालाई औँल्याइएको छ । औसत समान तापक्रमका अतिरिक्त समान आद्र्रता र अक्षांशको पृष्ठभूमिमा यो भाइरसको संक्रमण कायम रहन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । खासगरी ३० देखि ५० डिग्री उत्तरी अक्षांशमा पर्ने मुलुकहरु अहिले कोरोना संक्रमणबाट बढी प्रभावित भएका छन् ।
न्यूयोर्कस्थित साइराकुज विश्वविद्यालयकी जनस्वास्थ्य विज्ञ ब्रिटनी मुश भने यो भाइरसले समान मौसमी प्याटर्न पालना गर्नेमा विश्वस्त छैनन् । इन्फ्लुएन्जा र अन्य मौसमी भाइरसले भने मौसमी प्याटर्न पालना गरे पनि कोरानाको बारेमा यसै भन्न नसकिने उनको भनाइ छ ।
रुटगर्स न्यूजर्सी मेडिकल स्कुलमा संक्रामक रोगबारे अध्ययन गर्दै आएका डेभिड सेन्निमो आशा नै यतिबेलाको सही शब्द हुने बताउँछन् । उनी गर्मीसँगै कोरोना संक्रमण घट्नेमा आशावादी छन् । गम्भीर संकट झेलिरहेका मुलुकले यसबाट पार पाउने उनको अपेक्षा छ ।
यो साता कोरोनाभाइरस विश्वमै आक्रामक रुपमा फैलिएको पाइयो । वैश्विक रुपमा संक्रमितको संख्या र मृतकको संख्यामा आक्रामक वृद्धि भए पनि सुरुमा संक्रमण देखा परेको चीन र त्यसपछि संक्रमण झेलेको दक्षिण कोरियामा भने नयाँ संक्रमणमा कमी आएको छ । यो एउटा सकारात्मक पाटो भएको वैज्ञानिकहरुको भनाइ छ ।
ब्रिटनी र डेभिड चाँडै नै कोरोना संक्रमणको मौसमी प्याटर्नबारे भौगोलिक डाटाअनुसार ठोस निश्कर्ष आउने विश्वास गर्दछन् ।
रुटगर्सकै सहायक प्रोफेसर डेब्रा चेउ कोरोनाभाइरसलाई अन्य मौसमी फ्लुजस्तो आँकलन गर्न नहुने बताउँछन् । अन्य भाइरसले प्रत्येक वर्ष अनुमानित असरमात्र गर्ने भए पनि कोरोना त्यस प्रकारको श्रेणीमा नरहेको उनको भनाइ छ ।
यो साता कोरोनाभाइरस विश्वमै आक्रामक रुपमा फैलिएको पाइयो । वैश्विक रुपमा संक्रमितको संख्या र मृतकको संख्यामा आक्रामक वृद्धि भए पनि सुरुमा संक्रमण देखा परेको चीन र त्यसपछि संक्रमण झेलेको दक्षिण कोरियामा भने नयाँ संक्रमणमा कमी आएको छ । यो एउटा सकारात्मक पाटो भएको वैज्ञानिकहरुको भनाइ छ ।
ती मुलुकमा स्वास्थ्य अधिकारीहरुले दिएको चेतावनीअनुसार नै ‘लक डाउन’ देखि लिएर यात्रामा प्रतिवन्ध, प्रभावित क्षेत्रमा जनताको सहयोग लगायतका कारणले नै संक्रमणलाई नियन्त्रणमा ल्याउन ठूलो सफलता मिलेको देखिन्छ ।
विश्वका अन्य हिस्सामा भने यस प्रकारको कडा प्रतिबन्ध र सचेतता अपनाएको पाइँदैन । कतिपयले मौसम परिवर्तनसँगै यसको प्रभाव घटने आशामा सामान्य सतर्कतामात्र अपनाएको पाइन्छ ।
ब्रिटनीका अनुसार गर्मीमा भाइरसको संक्रमण घटेको खण्डमा पनि अर्को जाडो सिजनमा यसको पुनरागमन हुन सक्ने सम्भावनालाई ख्यालमा राखेर सतर्कता अपनाउनु वुद्धिमानीपूर्ण हुने छ । किनकि यो भाइरसका बारेमा धेरै कुरा थाहा हुन बाँकी नै रहेका कारण ढुक्क भइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । स्रोत: सीएनएन