अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा

१ चैत, काठमाडौं/कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुरा उनले खुलाएका छैनन् ।
कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।
संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ ।
ट्रम्पले भनेका छन्, ‘आउँदो हप्ता हाम्रा लागि निकै महत्वपूर्ण छ । कारोना भाइरस फैलिनबाट रोक्नका लागि हामी पूरै कोसिस गर्ने छौं । यो अप्ठ्यारो परिस्थितिको डटेर सामना गर्नेछौं ।’
शुक्रबार नै पत्रकारहरुसँग कुरा गर्दै उनले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरे । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिए ।

अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू भएको छ ।

६ जना संक्रमित भएका छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । १ सय २३ वटा देशमा कोरोना संक्रमित फेला परेका छन् ।