अन्तर्राष्ट्रिय नारि दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शुक्रराज आचार्य/नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । नेपालमा पनि ११० औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । यसै अवसर पारेर भरतपुर महानगरपालिका वडा नम्बर चौधको सहयोग र श्री शिवनगर गरिबी निवारण साना किसान सहकारी संस्थाको आयोजनामा आज बुधबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नौ संस्था सहभागी रहेको प्रतियोगितामा जयकाली महिला विकास बचत तथा ऋण सहकारी संस्था प्रथम, सिद्धकाली टोल विकास संस्था दृतिय र भगवान् सामुदायिक संस्था तृतीय स्थान आएका छन् । प्रथम, दृतिय र तृतीय हुने संस्थाका महिलाहरुलाई नगद रु। तीन हजार, दुई हजार चार सय र दुई हजार एक सय नगद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सन्जु परिवारले आर्थिक विपन्नताको कारण कतिपय नेपाली नारीहरू वेश्यावृत्तिमा लाग्न पनि बाध्य भएको र कतिपय होटल, रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टर अघोषित वेश्यालय बनेका बताईन । परिवारले भन्नुभयो प्रहरी प्रशासनकै मिलेमतोमा त्यस्ता ठाउँहरूमा यौन व्यापार भइरहेको कुरा बेलाबखत मिडियामार्फत सार्वजनिक भइरहेका देखिन्छन् यसलाई नियन्त्रण गर्न यस्ता कार्यक्रमले नारिमा सकरात्मक परिवर्तन ल्याउने बताउनु भयो ।त्यस्तै आयोजक संस्थाकि अध्यक्ष तथा कार्यक्रमका सभापति सिर्जना पाण्डेले महिलाले सधैं आफू अपहेलित भएको, पछाडि पारिएको, अवसर नदिइएको जस्ता नकारात्मक कुराको रट लगाइरहनुभन्दा हिजोको अवस्थाबाट आजको अवस्थासम्म आइपुग्दा भएका सकारात्मक परिवर्तनहरूलाई हेर्नु पर्ने बताउदै स्वेच्छाले कुनै पनि सामान्य महिला वेश्यावृत्तिमा लाग्नै सक्दैन । वेश्यावृत्तिमा संलग्न महिलाहरूलाई घृणा गर्नुभन्दा सबैलाई रोजगारी उपलब्ध गराई त्यस्तो घृणित पेसाबाट मुक्त गराउन सिंगै राज्य र समाज लाग्नु जरूरी भएको बताउँनु भयो।कार्यक्रममा सन्जु परिवारको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सिर्जना पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो