चितवनको कालिकामा महिनौदेखि अबैध क्रसर सञ्चालनमा : सरोकारवाला निकायहरु नै मिलीभगतमा रहेको आंशका

 

                                                             भिडीयो सहित   https://youtu.be/f07iUeHm9P0?list=UUyeRu6Q0tOpl4lzOKHrynIA&t=19

<iframe width=”956″ height=”538″ src=”https://www.youtube.com/embed/f07iUeHm9P0″ frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

चितवन । पुर्बिचितवनको कालिका नगरपालिका ९ र १० को बिच दोगरामा महिनौ अघिदेखि मिलीभगतमा अबैध क्रसर उधोग सञ्चालनमा आईरहेको खुल्नमा आएको छ ।
चितवनको शक्तिखोर उपरदाङ्गगढी हँुदै फिस्लिङ्ग जोडने सडक आयोजना निर्माणको नाममा अबैध रुपमा सेट्रिङ्गमा राखिएको उक्त क्रसर उधोगबाट उत्पादित गिटी तथा बालुवा दैनिक अन्यत्र अबैध ढुवानी भईरहेको हो ।
५ दर्जन भन्दा बढी ट्रिप्परमा दैनिक जुटपानी, पदमपुरको बाटो हुँदै रत्ननगर, खैरहनी, भरतपुरका बिभिन्न क्षेत्रमा अबैध ढुवानी गरिरहेको भएपनि कालिका नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरु मुकर्दशक बसिरहेका हुन् ।
अबैध रुपमा ढुवानी गरिएका गिटी बालुवाहरु दैनिक बिक्रि गर्नुका साथै ठेकेदारले रत्ननगरकै जयमंगला लगाएतका केही स्थानमा डम्पीङ्ग समेत गरेर राखेका छन् । यो बिषयमा जिल्लाका अनुगमन गर्ने सरोकारवाला निकायहरुको समेत मिलिभगत रहेको एक गोप्य श्रोतले जानकारी दिएको छ ।
श्रोतका अनुसार कालिका नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतको संरक्षणमै अबैध क्रसर सञ्चालन गरी अबैध ओसार पोसार हुने गरेको हो । कतिपय स्थानियले गिटी बालुवा बोकेर तल जुटपानीतिर आईरहेका टिप्परहरु रोक्दा प्रहरी लगाई स्थानीयलाई सत्ता र शक्तिको आडमा दबाउने गरेको समेत श्रोतको दाबी छ ।

   https://youtu.be/f07iUeHm9P0?list=UUyeRu6Q0tOpl4lzOKHrynIA&t=19

यसरी, जिल्लाको चुरे क्षेत्र नै तहस नहस हुने गरी जनप्रतिनिधीकै अगुवाईमा सडक निर्माणको बाहानामा अबैध क्रसर उधोग सञ्चालन र अबैध ओसारपोसार भईरहनुलाई स्थानियले सत्ताको आडमा भएको प्राकृतीक श्रोतको अबैध दोहन र ब्रम्हलुट धन्दाको रुपमा लिएका छन् । जस कारण स्थानियतह, जनप्रतिनीधी र संघियताप्रति नै जनबिश्वास गुम्दै गईरहेको छ । यसतर्फ बेलैमा सोचिएन भने आगामी दिनमा एकाध ठेकदारलाई प्राकृतीक श्रोत साधन लुटाउदाको परिणाम जनताले चखाईदिने नै छन् । आजको भण्डाफोर अभियान साप्ताहिकमा प्रकाशित