पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह कुमाताको विमोचन हुँदैं


भरतपुर । आख्यानकार एवं पत्रकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को आगामी सोमवार विमोचन हुने भएको छ । यर्थाथवादी सामाजिक विषयवस्तुका कथाहरु समेटिएको कुमाता कथासङग्रहलाई अक्षर समूह चितवनले एक कार्यक्रमका विच विमोचन गर्न लागेको समूहका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।
द नारायणी रिसोर्ट गैँडाकोटमा आयोजना हुने विमोचन कार्यक्रमको प्रमुख अतिथि लघु कथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन हुनुहुन्छ ।
कुमाता कथासङग्रहमा १० वटा कथामा ११२ पेज रहेको छ । कथासङग्रहको मूल्य दुई सय रुपियाँ छ ।
पत्रकार तथा कथाकार वसन्त पराजुली आफ्ना कथा सामाजिक विषयवस्तुहरु समेटिएका पाठकले मन पराउने वताउनुहुन्छ ।
भँुडिपुराण प्रकाशन प्रालिले कुमता कथासङ्ग्रह वजारमा ल्याएको हो । लामो समय देखि चितवनमा पत्रकारिदा गर्दै आउनु भएका पत्रकार पराजुलीको साहित्यिक कृति यो पहिलो हो ।