बजारमा कुहिएको मकै ! सरोकारवाला कहाँ गए खैं ?

निम्बसको गोदाम मै अझै कुहेको मकै हुनसक्ने ।

चितवन । चितवनको बजारमा यतिखेर आगामी सिजनको लागी ल्याईएको मकैको अधिकाँश बिउ कुहिएको पाईएको छ । बिदेशी हाईब्रिड जातका मकैका बिउहरु पकेटमै कुहिएको पाईउको हो ।
चितवनको नारायणगढ, भरतपुर टाँडी, पर्सा, भण्डारा, चनौंली, गितानगर लगाएतका स्थानमा रहेका एग्रोभेटहरुमा राखिएका कयैन हाईब्रिड बिउहरु कुहिएको पाईएको हो । निम्बस प्रा.लि.अधिकृत बिक्रेता रहेको बायोसिड जेनेटिक्स प्रालि भारतद्वारा उत्पादित राजकुमार लगाएतका बिउ पोका खाली हेर्दा कुहिएको पाईएको हो ।
निम्बस कम्पनिले केही कुहिएका बिउ हटाई अरु बिउहरु बजारमा बेच्न लगाईरहेको भएपनि सरोकारवाला जिल्ला प्रशासन कार्यालय र स्थानिय निकायका अनुगमन संयन्त्रहरु बेखबर बनि बसिरहेका छन् । निम्बससँगै अरु केही कम्पनिका अनधिकृत तथा उर्बर क्षमता ह्रास भईसकेका हाईब्रिड बिउहरु बजारका एग्रोभेटहरुमा छयाप्छ्याप्ती बिक्रिको लागी राखिएको भएपनि सरोकारवाला निकायहरु बेखबर भई बसिरहेका हुन् ।
नियमित बजार अनुगमन गरी गलत गर्नेलाई कानुनी कार्बाही गर्नुपर्ने भएपनि अनुगमन संयन्त्रहरु मौषमी र देखावटी अनुगमन गर्ने गरेको आमउपभोक्ताको गुनासो रहदै आएको छ ।
यसैबिच, बजारमा कुहिएको मकैको बिउ छयाप्छ्याप्ती भेटिएको छ, तपाईहरुको अनुगमन संयन्त्र खोई कता हरायो भनि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्राईलाई सोध्दा उनले अनुगमन भईरहेको र मकैको बिउ सम्बन्धमा बिशेष अनुगमन गरिने बताए ।
स्मरण रहोस केही बर्ष अगाडी निम्बस कम्पनिले बेच्ने बायोसिड ७८६ धानको बिषयमा भण्डाफोर अभियानले समाचार प्रकाशन गरेसँगै नक्कली बिउहरु जिल्ला प्रशासनले जफत गरी जेसीबी नै लगाई खाल्डोमा पुरी नष्ट गरेको थियो ।आजको भण्डाफोर अभियान साप्ताहिकबाट