राष्ट्रिय पुनर्जागरण अभियान चितवनको पुनर्गठन:अध्यक्षमा गैरे, जिल्लामा अब अनुगमन तीव्र पारिने।

चितवन/राजनीतिक विश्लेषक तथा राष्ट्रबादी नेता भरत दाहाल नेतृत्वको राष्ट्रिय पुनर्जागरण अभियान चितवन जिल्ला समिति नविन गैरेको अध्यक्षतामा पुनर्गठन भएको छ । केन्द्रिय सदस्य नारायण दवाडीको विशेष उपस्थितिमा शाखा पुनर्गठन भएको हो । भेलाले जिल्ला शाखा पुनर्गठन गरेको हो । समितिको सचिवमा मेघराज पौडेल र कोषाध्यक्षमा तीर्थ परियार सर्वसम्मत चयन हुनुभएको छ।
तेत्तिस सदस्यिय जिल्ला समिति गठन गरेको सो भेलाले सुर्य बराल, कपिल अज्ञात र नबिन अधिकारी लाई सल्लाहकार चयन समेत गरेको छ ।
भेलाले मोहन आचार्यको संयोजकत्वमा जिल्ला अनुगमन समिति पनि गठन गरेको छ । महानगपालिका, नगरपालिका र गाउँपालिका अनुगमन गरी समितिले कर संकलन, खर्च, पारदर्शसिता लगायतका विषयमा स्थानीय निकायको अनुगमन गर्ने र सो को जानकारी जनस्तरमा लैजाने र अनियमितता वा अपव्यय विरुद्द स्थानीय स्तरमा संघर्ष चर्काउने निर्णय गरिएको छ ।