तमु सञ्चारकर्मी को अध्यक्षमा रविन र सचिवमा चित्र सोल्टी गुरुङ्ग निर्वाचित

लमजुङ/ तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौं) को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
लमजुङको क्व्होलासोंथर गाउँपालिका ६, पैकोंनाँसा (पसगाउँ) मा शनिबार सम्पन्न महाधिवेशनले रविनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा लाला गुरुङ (काठमाडौं), महासचिवमा रोशनी गुरुङ (कास्की), सचिवमा चित्र सोल्टी गुरुङ (चितवन) र कोषाध्यक्षमा दीपेन्द्र गुरुङ (काठमाडौं) चयन भएका छन् ।
सदस्यमा मनीलाल गुरुङ (कास्की, सीता गुरुङ (चितवन), गजेन्द्र गुरुङ (नेपालगञ्ज), रोहित गुरुङ (सिन्धुली), नवीन गुरुङ (सुनसरी), मीना गुरुङ (लमजुङ), केशव गुरुङ (गोरखा), कुमार गुरुङ (रुपन्देही), खिमा गुरुङ (कास्की) र किरण गुरुङ (कास्की) रहेका छन् ।