बिप्लब निकट मोर्चाद्वारा पोर्चुगलमा शक्ति प्रदर्शन


प्रकाश बस्याल,लिस्बन
६ फागुन,पोर्चुगल । पच्चिसौ जनयुद्ध दिवस तथा बार्षिक साधारणसभाको अबसरमा नेकपा बिप्लब निकट मानिएको नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलले शक्ति प्रदर्शन गरेको छ ।
पोर्चुगलको राजधानी लिस्बनको अति ब्यस्त सडक मार्तिमुनिज देखि आन्जुसको एभरेस्ट हलसम्म गरिएको मार्चपासमा जनयुद्धकालिन झल्को दिने गरि उल्लेख्य मात्रामा रातो टिसर्टधारी स्वयमसेबकको उपस्थिति रहेको थियो ।
नेपालमा ब्याप्त भ्रस्टाचार र दलालहरुको बिरुद्धमा आवाज उठाउँदा प्रतिबन्द्ध लाग्नु लज्जाको बिषय भएको भन्दै मोर्चाले घोर भत्र्सना गर्दै नेपाली जनताको मुक्ति र न्यायको लागि गरिने जुनसुकै आन्दोलनमा ऐक्यबद्धता जनाउने घोषणा गरिएको थियो ।
नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलका अध्यक्ष पुर्ण बिकको अध्यक्षता तथा मोर्चाका युरोप अध्यक्ष बिष्णु भुजेलको प्रमुख आतिथ्यता सम्पन्न साधारणसभामा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे लगायत बिभिन्न जातिय क्षेत्रीय र बैचारिक सङ्घठनका प्रतिनिधि तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।