ईतिहासको कठघरामा उभिएर एकदिन तिमीहरुले भन्नैपर्छ !


देशमा जुन राजनितीक दल सत्तामा आएपनि भ्रष्ट्रचार, घुसखोरी र अनियमितता नियन्त्रणको साटो झन झन मौलाउदै जान थालेको छ । राजनीतिक दलहरुमा आमुल सुधारको खाँचो ब्यबहारत आवश्यक देखिएको छ । दलहरुको कथनी र करणीमा कतै पनि तादात्म्यता देखिदैन ।

दलहरु जनसरोकार र लोक कल्याणका मुद्दालाई ओझेलमा पार्न आफै लागीरहेको दृष्टान्त जनताले कतिसमय टुलुटुलु हेरेर बस्नेहुन् ? दुईतिहाई जनताको मत प्राप्त जनताको कम्युनिष्ट भनिएको सरकारको त् झन कुरै नगरौ । सत्ताधारी दलको यस्तै क्रियाकलाप रहिरहे ५ बर्ष त् सत्तामा होला कम्युनिष्ट पार्टी त्यसपछि नेपालमा कम्युनिष्ट प्रति जनतामा घृणा मात्र बाँकी रहने खतरा देखिन्छ ।
प्रधानमन्त्री र मन्त्रीहरू अन्टसन्ट बोलेर हिँड्छन् । राष्ट्रका जल्दाबल्दा समस्यामाथि हल्का टिप्पणी गर्छन् । कामकारबाही, व्यवहार, क्रियाकलाप, योजना तर्जुमा मात्र यो सरकार असफल भएको होइन, राजनीतिक र कूटनीतिक क्षेत्रमा पनि पूर्णतः विफल भएको आभास र छनक मिलीरहेको छ । झन प्रधानमन्त्रीको प्रस्तुति शैली र सार्वजनिक अभिव्यक्तिले सरकारलाई थप अलोकप्रिय बनाईरहेको छ ।
सारत : दुईतिहाईको ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै भ्रष्ट्र, नालायक, कमजोर, निकम्बा, राष्ट्रघाती र जनघातीमा परिणत हुने क्रम बढेर गएको छ । सत्ताधारी दल र सरकारले के बुझ्न जरुरी छ भने नारा, भाषण र आश्वासनको भरमा जनता बिश्वस्त हुन सक्दैनन् । सरकारले जनताको लागी खासै केही गर्न सकेको छैन् । सरकार पुरै माफिया तस्कर र दलालहरुको योजनामा सञ्चालित छ । त्यसैले यो सरकारबाट जनताले ठुलो आशा गर्नुपनि मुर्खता शिवाय केही हुदैन् ।
सरकार सञ्चालन गर्ने दल पनि मृत डाईनोशर जस्तो भएको छ । पार्टी सबैभन्दा ठुलो तर तातो रगत नै नभएको अर्थात रगत नै बरफ जस्तो भईसकेको मृत जिब को रुपमा परिणत भईसकेको छ । पार्टीका नेताकार्यकर्ताहरु खुनचुस्न बसेका ब्वाँसा र भोका जुका जस्तो देखिन्छन् । उनीहरु जतिखाएपनि नअघाउने दैत्यजस्ता भएको आम आभास भईरहेको छ । सत्तामा बस्नुको अर्थ नै लुटने लाईसेन्स लिएको सम्झन्छन उनीहरु । पेटदेखि मष्तिष्कसम्म बोसो भरिएका उनीहरुलाई राम्रो अर्ति दिदापनि बिरोधी सम्झन पुग्छन् ।यस्तो पाराले सत्ताधारी दल आगामी ४ बर्षपछि पतन हुने स्पष्ट संकेत देखिएको छ । प्रमुख प्रतिपक्ष दलको पनि एउटा पनि एजेण्डा छैन्, लुटको स्वर्गबाट बिछोडिनुको पिडाको छटपटाहट मात्र ।
अन्य बिपक्षिको पनि कुनै असल रणनिती नै छैन् । यस्तो आम निराशाको अवस्थाले मुलुकमा थप द्वन्द र अराजक्ता मात्र उत्पन्न हुन्छ । यसर्थ दलहरुले आफुलाई परिमार्जन गर्न लाग्नु दलहरुको अहिलेको अहम कर्म हो अन्यथा यी दलहरुलाई आगामी दिनमा जनताले तिरस्कार गर्ने अवस्था नआउला भन्न सकिन्न ।
आफुलाई ऐनामा हेर कि तिमीहरुको राजनिती के साच्चै द्श र जनताको लागी हो की तिम्रो स्वार्थ, परिवार र आफन्तको लागी मात्र ईतिहासको कठघरामा उभिएर एकदिन तिमीहरुले भन्नैपर्छ । त्यो दिन आउन बेर लाग्दैन् । अत्ः दलहरू शुद्धिकररण होऊ । भण्डाफोर अभियानबाट