एकता नटुङ्गिदै नेकपामा फुटको बिजारोपणःचितवनमा कुटाकुट र तोडफोड

अध्यक्ष प्रचण्ड नै भन्छन् : नेकपा विघटन हुने खतरा बढ्यो ।

सुर्य बराल
कम्युनिष्ट आन्दोलनमा बिगतमा उत्तर दक्षिण ध्रुबको उपमा पाएका तत्कालिन नेकपा र माओबादी केन्द्रको एकतालाई धेरैले क्षणिक र स्वार्थसँग गाँसिएको टिप्पणी त्यतिबेलै गरेका थिए । यधपी दुई वर्ष अघि चुनाबी प्रक्रियामा कार्यगत एकता हुँदै पार्टी एकता गरेको नेकपामा एकताको प्रक्रिया पुरा नहँुदै फुटको बिजारोपण शुरु भईसकेको टिप्पणीहरु आउन शुरु गरेको छ । पार्टीको भातृसँस्था अनेरास्ववियु र अनेरास्ववियु९क्रान्तिकारी०का नेता कार्यकर्ताबिच असमझदारी र बैमनस्यता बढदै जाँदा कुटाकुटको अवस्था सिर्जना भएको हो ।
गत् फागुण १ गतेको जनयुद्ध दिवस मनाउने विषयमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच भएको बिबादले उग्र रुप लिएसँगै दुबैपक्षबिच कुटाकुटको अवस्था सिर्जना भएको हो ।
सो विवादका कारण अनेरास्ववियु निकट विद्यार्थी संगठनका नेतालाई तत्कालीन अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले हातपात गरेको अनेरास्वबियुका नेताहरुको आरोप छ । अनेरास्वबियुका एक नेताका अनुसार तत्कालिन क्रान्तिकारी निकट विद्यार्थी संगठनका विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटिका अध्यक्ष विवेक पौडेलसहितका नेताहरुले अनेरास्ववियुका केन्द्रीय कमिटी सदस्य देवप्रसाद पाठक, जिल्ला सदस्य सचेत सुवेदी र पूर्व विश्वविद्यालय क्याम्पस कमिटी अध्यक्ष कमल घिमिरेलाई हातपात गरेको बताईएको छ ।
बिवादको मुख्य कारण रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा फागुन १ गते जनयुद्ध दिवस मनाउने विषय थियो । जनयुद्धको विषयमा एक पक्षले सामाजिक सञ्जाल फेसबूकमा लेखिएको स्टाटस र त्यसमा अर्को पक्षले जनाएको प्रतिकृयाले झडपको रुप लिएको हो । झडप बढदै जाँदा जिल्लाका अन्य क्याम्पसहरुमा समेत दुबैपक्षबिच हानाहानको अवस्था उत्पन्न भयो । एउटा आक्रोशित भिडले नेकपाको चितवन पार्टी कार्यालयमै तोडफोड गर्यो । पार्टीका अध्यक्ष यम बहादुर परियारको कार्यकक्षमा आक्रोशित कार्यकर्ताबाटै हमला भयो ।
नेकपाले देशभरका क्याम्पसहरुमा फागुन १ गते जनयुद्ध दिवस मनाउन बिधार्थी संगठनलाई निर्देशन दिएको थियो । सोही अनुरुप दिवस मनाउन लागीपर्दा रामपुरमा क्याम्पसका पूर्व अनेराश्ववियु र पूर्व अनेराश्ववियु९क्रान्तिकारी० समझदारी बनेन । अनेराश्ववियु क्रान्तिकारी समर्थित विद्यार्थीहरुले मात्रै जनयुद्ध दिवस मनाए । सोही दिबस मनाएको फोटो सहित पूर्व क्रान्तिकारी समर्थित विद्यार्थीले लेखेको फेसबूक स्टाटसमा पूर्व अनेराश्ववियु समर्थितले छुद्र प्रतिकृया दिएसँगै माहोल भडकिएको क्रान्तिकारीका एक नेताले बताए ।
दुई समूह बिचमा फागुन २ गते भएकोे झडपमा आधा दर्जन विद्यार्थी घाइते भएका थिए । विवाद मिलाउन पार्टीले पहल गरेपनि पुनः गत् सोमबार दुबैपक्षबिच झडप हुन पुग्यो । झडप पछि जिल्ला पार्टी कार्यालयमा समेत आक्रोशित बिधार्थीले तोडफोड गर्न पुगे । झडप हुनुमा जनयुद्ध दिवसमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधब नेपाल र ईश्वर पोख्रेलहरु फागुण एकको कार्यक्रममा नजानु र भित्री रुपमा पुर्ब एमालेलाई कार्यक्रम नमनाउन उर्दी जार िगर्नु रहेको आम बिश्लेषण भईरहेको छ ।
चितवन जिल्लामा भएको यो कुटाकुट र जिल्ला पार्टी कार्यालय नै तोडफोडको घटनाले राजनितीक बृत्तमा एकता नटुङ्गिदै नेकपामा फुटको बिजारोपण भईसकेको आमचर्चा र बिष्लेषण भईरहेको छ ।
यसैबिच, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेकपा विघटन हुने खतरा रहेको औंलाएका छन् । धेरैले अहिले पार्टी विघटन गराउन कसरत गरेको प्रचण्डले बताएका हुन् ।
मंगलबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी कमजोर बनाउन चौंतर्फी षड्यन्त्र भइरहेको भन्दै पार्टी विघटन भए प्रतिक्रियावादीहरूको सपना साकार हुने बताएका छन् ।
उनले पार्टीभित्र आइपरेका खतरा रोक्न ढिला गरे पार्टी बनाउने इच्छाशक्ति हुँदाहुँदै पनि पार्टी विघटनतिर जाने खतरा रहेको बताए । उनले भने, ‘पार्टीका बारेमा भ्रम सिर्जना भइरहेका छन् ।’ नेता–कार्यकता र जनताबीच केही तत्वले भ्रम सिर्जना गरेको भन्दै उनले भने, ‘यस्तो भ्रमलाई चिर्न सबै लाग्नुपर्छ।’ भण्डाफोर अभियान साप्ताहिकबाट