माघ २८ देखि सौराहामा फुड फेष्टिबल


चितवनको पर्यटकीय स्थल सौराहामा आगामी माघ २८ देखि फागुन ३ गतेसम्म १४ औ सौराहा फुड फेष्टिबल हुने भएको छ ।
क्षेत्रीय रेष्टुरेण्ट एसोसियसन रेवान सौराहाको आयोजनामा तथा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल चितवन र युनाइटेड हात्ती सञ्चालन संस्था लिमिटेडको सहआयोजनामा फुड (खाना) फेष्टिबल हुन लागेको हो ।
स्थानीय, स्वदेशी तथा विदेशी खाना, स्थानीय कला, संस्कृृति भेषभुषा जगेर्ना गर्दै पर्यटकीय स्थलको प्रवद्र्धन गर्नका लागि फुड फेष्टिबल ९खाना महोत्सव०को आयोजना गरिएको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।फेष्टिबलमा ४० वटा खानाका स्टल रहने र पाँच वटा पदर्शनी स्टल रहने अध्यक्ष खतिवडाले बताए ।
सौराहाको सिसुवार मैदानमा आयोजना हुने सो फुड फेष्टिबल विभिन्न जातजातिका तथा संघसंस्थाको झाँकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले जानकारी दिए । यस्तै सो फेष्टिबलमा प्रेमपत्र लेखन प्रतियोगिता, वातवरण पदूषण न्यूनीकरणको सडक नाटक, भलिबल प्रतियोगिता, म्युजिकल चेयर प्रतियोगिता, वेटर रेस प्रतियोगितालगायतका प्रतियोगिता हुने उनले बताए ।
प्रवेश शुल्कबाट उठेको रकमबाट ७५ प्रतिशत चितवनमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई, २० प्रतिशत खेल मैदान व्यवस्थापन र पाँच प्रतिशत प्याराडाइज युवा क्लबलाई सहयोग गरिने आयोजकहरुले बताएका छन् ।
फेष्टिबल अवधिभर ८० देखि एक करोडसम्मको खर्च र दुई करोड ५० लाखसम्म कारोबार हुने अनुमान गरिएको छ । भण्डाफोर अभियान साप्ताहिकबाट