समाजवाद र नेपाली समाज बारे अन्तरक्रिया सम्पन्न

चितवन । नारायणगढमा समाजवाद र नेपाली समाज विषयमा अन्तरक्रिया गरिएको छ । नारायणगढमा रहेको उद्योग वाणिज्य संघको सभाहलमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा नेकपाका पुराना तथा ईमान्दार नेता राम कार्की पार्थ, बद्रि पाण्डे, विश्वभक्त दुलाल आहुती तथा ठाकुर ढकाल अतिथि वक्ताको रुपमा रहेका थिए ।
कार्यक्रमका सहभागीहरुले समाजवादको बारेमा व्याख्या तथा नेपाली समाजको बारेमा चर्चा समेत गरेका थिए । दृष्टिकोण कार्यक्रममा बोल्दै वक्ताहरुले पुँजीवाद र समाजवाद सँगसँगै जान नसक्ने विषयमा जोड दिएका थिए । उनीहरुले पुँजीको विकास गरेर मात्रै समाजवादमा जानसक्ने उल्लेख गर्दै सरकार त्यो बाटोमा जान नसकेको रोष प्रकट गरेका थिए ।
कार्यक्रममा विश्वभक्त दुलाल आहुतीले अबको अवाश्यकता भनेको वैज्ञानिक समाजवाद भएको विषयमा जोड दिए । त्यस्तै वद्रि पाण्डेले जमिनहरु सामुहिकरण गर्नुपर्नेमा जोड दिए । दृष्टिकोण भाग १ को रुपमा समाजवाद र नेपाली समाज विषयमा अन्तरक्रिया गरिएको थियो ।
भण्डाफोर अभियान साप्ताहिकबाट