लोकतन्त्रको यो कस्तो मजाक ?

नेपाल लोकतान्त्रीक परिपाटीमा गईसकेको छ । लोकतन्त्रमा बोल्ने लेख्ने हिडडुल गर्ने लगाएतका नागरिकहरुको स्वतन्त्रता हुने गर्दछ । तर ओली सरकारको प्रहर िप्रशासनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन उपत्यका इञ्चार्ज माइला लामालाई अदालतले रिहा गर्ने आदेश दिएपनि अदालत परिसरबाटै गिरफ्तार गरेको छ । यो लोकतन्त्रकै भद्या मजाक हो । उनी रिहा भए लगत्तै प्रहरीले पुनः गिरफ्तार गर्नु लोकतन्त्रलाई कम्जोर र बदनाम बनाउने कार्य मात्र हो ।उच्च अदालत पाटनको आदेशमा आइतवार रिहा भएका लामालाई प्रहरीले अदालत परिसरबाटै पुन पक्राउ गरेको हो । जुन कार्यले ओली सरकार हिटलरी शैलीमा अघि बढदै गरेको आम आभास भएको छ ।
थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले माघ १६ गते लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नविन विश्वकर्मा, अनेमसंघ९क्रान्तिकारी०की केन्द्रीय महासचिव धिरिन्द्रा उपाध्याय र इश्वर परियारलाई रिहा गर्न आदेश दिएको थियो । तर अदालत परिसरबाटै उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको घटनाले नेपालमा बिधीको शासन नभएको संकेत गरेको छ ।
ललितपुर जिल्ला अदालतले ललितपुरमा रहेको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पूर्वपक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको थियो । उनीहरुको सो घटनामा सम्लग्नता पुष्टि हुन नसकेपछी उनीहरुलाई तत्काल रिहा गरिएपनि प्रहरीले उनीहरुलाई पक्राउ गर्नुले नेपालमा लोकतन्त्र होईन ओलीको हिटलरीतन्त्र चलिरहेको भन्दै अधिकारकर्मिहरुले बिरोध जनाएका छन् । अझ गजबको कुरा त् उनीहरुलाई मात्र होईन उनको रिहाईको समचार संकलन गर्न गएका पत्रकारहरुलाई समेत हिरासतमा लिनुले ओली सरकारको असली मुखुण्डो उघारिएको स्वंय बामपन्थी जगतको ठहर छ ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले गत् बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाईको आदेश दिएको थियो । अदालतको अपहेलना गर्दै अदालत परिसरबाटै लामाहरू पुनस् गिरफ्तार प्रकरणले लोकतन्त्रको खिल्ली उडाएको छ। आम रूपमा के हो लोकतन्त्र भन्दै आम प्रश्न उठेको छ ।
भण्डाफोर अभियान साप्ताहिकबाट