दश अवैध बालुवा प्रशोधन केन्द्र ध्वस्त

मकवानपुर/हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र अबैधरुपमा सञ्चालित दशवटा बालुवा प्रशोधन केन्द्र मकवानपुरका एसपी सुसिलसिंह राठोरसमेतको अनुगमन टोलीले ध्वस्त पारिदिएको छ । एसपी राठोर सहितको जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनी खोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा लामो समयदेखि सेटिङ्गमा अवैधरूपमा सञ्चालित उक्त बालुवा प्रशोधन केन्द्रहरु भत्काइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सशस्त्र प्रहरी बल १४ नं गणका सशस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे, डिभिजन वन कार्यालयका प्रमुखलगायतको सहभागितामा अनुगमन गरी उक्त अबैध प्रशोधन केन्द्रहरु भत्काईएको थियो । सो टोलीले कुष्माण्डा सरोवर त्रिवेणीधामदेखि दक्षिणमा मानव सेवा अश्रमसम्मको कुखरेनीखोलाको बगर अनुगमन गरेको थियो ।
अनुगमन टोलीले उक्त क्षेत्रमा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा प्रयोग गरिएका उपकरणहरुसमेत जफत गरेको एसपी राठोरले जानकारी दिए ।
चुरे क्षेत्रमा अवैधरूपमा बालुवा प्रशोधन केन्द्र सञ्चालन भएको भन्ने सूचनाका आधारमा अनुगमन टोलीले उक्त क्षेत्रको अनुगमन गरेको उनले एसपी राठोरको भनाई छ ।
हेटौँडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, बकैया र वाग्मती गाउँपालिका क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा तीन समूह बनाई नियमित अनुगमन गर्ने निणर्य भएको एसपी राठोरले जानकारी दिए ।
ती क्षेत्रमा अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका लागि नियमित अनुगमन गर्ने निर्णय भएको संयोजक खुलालले जानकारी दिए । भण्डाफोर अभियान साप्ताहिकबाट