गैँडाकोट महोत्सव: सातौँ दिन सम्म एक लाख ७० हजार दर्शकले गरे अवलोकन


माघ २१ ।
उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सातौँ दिनसम्म आइपुग्दा एक लाख ७० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मंगलबार मात्रै २० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष एवम् तेस्रो गैँडाकोट महोत्सवको आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए । महोत्सवको आकर्षणको रुपमा नारायणी नदीमा ¥याफ्टिङ, लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतका रहेका सापकोटाले बताए । महोत्सवमा सोमबार प्रमुख अतिथिको रुपमा उपस्थित गण्डकी प्रदेशसभा सदस्य कृष्ण चन्द्र नेपालीले गैँडाकोट महोत्सवले समग्र जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुग्ने बताए । सो महोत्सवमा स्थानीय उत्पादनले प्राथमिकता पाउनुले समेत महोत्सवबाट स्थानीय उत्पादनको प्रवद्र्धनमा टवा पुगेको विश्वास गर्न सकिने नेपालीको भनाइ छ । तेस्रो गैँडाकोट महोत्सवमा थारु, गुरुङ, थकालीसहित विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घर, उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी तीन सय ५० भन्दा बढी स्टलका साथै बाल उद्यान समेत रहेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए । भट्टचनकाअनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरिएको बताए । महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिएका छन् । नारायणी नदीकिनारमा सञ्चालन भएको सो महोत्सवमा मंगलबार लोकप्रिय गायिका प्रिती आलेले फूल्यो बामरी, दोहोरी ब्याटल तथा प्रत्यक्ष दोहोरी गायकी महोत्सवको साँंस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए । साँस्कृतिक कार्यक्रम अन्तरगत मंगलबार अन्य कलाकारहरु दिलसिँह मगर, लक्ष्मण चापागाई, हरि विष्ट, सरिस्मा मगर, आकृती नेपाली तथा रसियन कलाकारहरुको विशेष प्रस्तुति रहेको कँडेलले बताए । महोत्सव अन्तर्गत बुधबार चर्चित गायक प्रमोद खरेल, रितु कँडेल, सुशीला थापालगायतका कलाकारहरुको प्रस्तुति रहने कँडेलको भनाइ छ । माघ १५ गतेदेखि सुरु भएको गैँडाकोट महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ४० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।