Breaking News

ओली प्रचण्ड प्रवृ्तिविरुद्ध नेकपाको बैठकमै हंगामा


काठमाडौैं– नेकपा केन्द्रीय कमिटीको बैठकमा ओली प्रचण्डको तस्विरले हंगामा मच्चाएको छ । मञ्चको सो तस्बिरमा केन्द्रीय सदस्यहरूले औंला उठाएका छन्। उनीहरूले पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको तस्बिर बारे आपत्ति जनाएका हुन्
मञ्चको बीच भागमा संस्थापक नेता पुष्पलाल श्रेष्ठ र पूर्व महासचिव मदन मण्डारीको तस्बिर थियो। त्यसैको दाहिनेतिर अध्यक्ष एवं प्रधानमन्त्री ओली र देब्रेतिर अर्का अध्यक्ष दाहालको तस्बिर राखिएको थियो। बहालवाला दुई अध्यक्षको फोटोलाई यसरी भित्ता टाँगेर ‘देवत्वकरण गरिएको’ भन्दै केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन्। केन्द्रीय सदस्यहरू राजेन्द्र राई, लेखनाथ न्यौपाने, जगन्नाथ खतिवडा लगायतले ‘आफैं मञ्चमा बसेर आफ्नै फोटो राख्नु कम्युनिस्ट सिद्धान्तविपरीत’ भन्दै फोटो हटाउन माग गरे। उनीहरूले महाराजा प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाएका थिए। अध्यक्षसहित मञ्चमा बसेका नेताहरूप्रति सम्मान रहे पनि उनीहरूलाई सर्वेसर्वा मान्न नसकिने राईले बताए।
राईको भनाइलाई समर्थन गर्दै अर्का केन्द्रीय सदस्य खतिवडाले ‘यस्ता तस्बिर राखेर लाज हुन्छ कि गर्व लाग्छ’ भनेर प्रश्न गरेका थिए।