गास बास कै अभाव भएपछी फर्किए कोटीहोमका बटुक

विकास ढकाल / भरतपुर / चितवन को नारायणी किनार मा भैरहेको महायज्ञको निकै विवाद चल्न थालेपछि चितवनबासी र हिन्दुधर्मावलम्बी यस महायज्ञ को विरोध मा उत्रिएका छन जसले गर्दा मानिस हरुको खासै उपस्तिथि रहेको छैन जसले महायज्ञ को लगानी डुबेको छ यसै क्रम मा माघ ५ गते देखि फाल्गुन १२ गते सम्म लाई भनेर बनारस, वृन्दावन, हरिद्वार ,पोखरा ,काठमाडौ,बागलुङ,स्याङ्जा,झापा इत्यादि स्थान देखि आएको बटुक आँखामा आँसु बोकि चितवन देखि विदा हुन थालेका छन महायज्ञ समितिले गाँस बाँस मा वास्ता गर्न छाडे पछि र आयोजक भाग्न थालेपछी बटुक हरु बिचल्ली मा परि भोकभोकै भाडाविहिन हुँदै निराशाभै फर्किनु परेको छ र केही बटुक हरु लाई नागरिकता को फोटोकपि राखी महायज्ञ को बिच बाटै नै घर फर्किए मुद्दा हाल्दिने धम्की आयोजक ले दिएको बटुक हरु बताउँछन् आयोजक ले बटुक हरु लाई गाँस बाँस को व्यवस्था पनि गर्न छाडेको छ हवन गर्न समिधा नभएपछि बाँस र खर लाई समिधा को रुपमा प्रयोग गरि हवन गर्न परेको जब कि यो शास्त्र विपरीत रहेको बटुकहरु बताउँछन् महायज्ञ आयोजक ले आफुलाइ हात्ती र महायज्ञ को विरोध गर्ने लाई कुकुर भन्दै हामी हात्ती हौ र हात्ती को खुट्टा तान्ने कुकुर हुन भनि उदाहरण दिएको छ र आफू हरुलाइ धम्की को फोन आउने र आफू चितवन मा असुरक्षित रहेको भन्दै जि.प्र.अ लाई सुरक्षाकर्मी खटाइदिन महायज्ञ समिति ले अनुरोध गरेको छ र यो महायज्ञ असफल भए हिन्दुधर्म कै नाश हुने आयोजक ले दाबी गरेको छ तर यो आयोजकको केवल भ्रम मात्र हो र चितवन बासी लगायत हिन्दुधर्मालम्वी हरुको यो धर्म प्रती को बिरोध होइन धर्म को नाम मा ठग्ने हरु प्रती को विरोध हो भन्ने कुरा आयोजक ले बुझ्न जरुरी छ