श्रेष्ठको अटेरीको सामु सरकार नै लाचार


नवलपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा एउटै ब्यक्तिले दश बिगाहा बढी सार्बजनिक जग्गा हडपेर मेघापार्क निर्माण गरी सञ्चालनमा ल्याएको दुई बर्ष बढी भईसक्यो । तर सरकार, सरकारी निकाय र राज्यका नियामक निकायहरु भने निरिह प्राणी झैं झाराटारा काम गर्दै मुकर्दशक बनि बसिरहेका छन् ।
चितवनको नारायणगढ निवासी सिद्धकुमार श्रेष्ठ समेतको साझेदारीमा रहेको सिद्धि एण्ड सन्स प्रा.लि.को नाममा सञ्चालित मेघापार्क रिर्सोटले बिघौं बिगाहा सार्बजनिक जमिन अतिक्रमण गरी मेघापार्क नामक रिसोर्ट सञ्चालनमा ल्याएको भएपनि धनाढ्य श्रेष्ठको अगाडी स्थानिय सरकारको रुपमा रहेको देबचुली नगरपालिका लगाएतका राज्यका नियामक निकायहरु भने निरिह जस्तो देखिएका हुन् ।
स्थानिय बासीन्दाको निरन्तरको बिरोध, स्थानिय र राष्ट्रिय सञ्चारमाध्यममा लगातार समाचार आईरहे पनि सार्बजनिक जग्गा अतिक्रमण रोक्न स्थानिय सरकार र राज्यका अन्य सरोकारवाला निकायहरु पूर्णत असफल भएका हुन् । उनीहरुको असफलता र मौंनताभित्र गम्भिर रहस्य लुकेको आम आशंका छ ।
सो अतिक्रमण गर्न दिए बापत मुकर्दशक बस्ने नियामक निकायका जिम्बेवार ब्यक्तिहरुलाई धनाढ्य श्रेष्ठले मोटो रकम दिएको हुनसक्ने स्थानियबासीहरुले आशंका आशंका गरेका छन् । यो बिषयमा मौंन बस्ने नगरपालिका,जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिती, प्रदेश सरकार, अख्तियार दुरुपयोग रोक्ने निकायका पदाधिकारीहरु समेत आशंकाको घेरामा छन् । जुन आम खोजी र चासोको बिषय बनेको छ ।
श्रेष्ठले यसअघि मेघापार्क निर्माण कार्यमा नारायणी र मुकुण्डे खोलाको ग्रयाभेल, गिटी र बालुवा अनियमित तबरबाट मनलाग्दी उत्खनन, डम्पीङ्ग र निकासी गरि प्राकृतीक श्रोतको समेत लापारबाहीपूर्णरुपमा दोहन गरेको भएपनि स्थानिय सरकार सञ्चालन गर्नेहरु तैं चुप मै चुप सबैकुरा गुपचुपको शैलीमा अगाडी बढेको भन्दै स्थानिय बासिन्दा रुष्ट बन्दै गईरहेका छन् ।
यस बिषयमा बिप्लब नेतृत्वको नेकपाले समेत नजिकबाट नियालीरहेको नेकपाका एक नेताले बताए । उनले भने हेर्दै छौं, सार्बजनिक सम्पतीमाथीको ब्यक्तिको दोहन सह्य हुदैन, अनुकलता र आवश्यक्ता हेरी पार्टीले भुमाफियाहरुलाई कार्बाही गर्ने नैं छ । भण्डाफोर अभियान साप्ताहिकबाट