नारायणी नदी किनारको महायज्ञका बाचक ठग बाबा बालयोगेश्वर फरार

सुर्य बराल/चितवन/आफुलाई ठुलो योगी भएको ढोंग देखाउने भोगी ठगबाबा बालयोगेश्वर नाम बताउने अन्र्तराष्ट्र्यिस्तरको ठग बिजय भण्डारी अन्तत् पुरै नांगीएका छन् । नारायणी नदि किनारमा लगाईएको कोटीहोम महायज्ञका वाचक समेत रहेका नक्कली स्वामी बालयोगेश्वर महाराजको बारेमा कान्तिपुर दैनिक, भण्डाफोर अभियान लगाएतका सञ्चार माध्यममा उनको असलीयत उदांगीने गरी समाचार सार्वजनिक भएपछी आयोजकले बाचकको रुपमा ठगबाबालाई महायज्ञबाट हटाउन लागेको हो ।

बाचकबाट हटाए लगत्तै उनी सम्पर्कबिहिन भएका छन् । उनले चलाउने मोबाईल नं. ९८५११४३४३९ समेत अफ छ । उनको ठाँँऊमा अर्का युवा पण्डित ईश्वर रेग्मीलाई ल्याउन लागेको आयोजक निकट श्रोतले जानकारी दिएको छ । आयोजकले यो बिषयमा वाजकारी दिने उधेश्यले भोली बिहान पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।

महायज्ञ विवादको भूमरिमा परेपछि महायज्ञ आयोजक संस्थाले महायज्ञमा प्रमुख वाचक रहेका ति ढोंगी स्वामी बालयोज्ञश्वर उर्फ बिजय भण्डारीलाई प्रवचनका लागि रोक लगाएको हो । उद्धघाटनको दिन र हिजो आईतबार ठग बाबाले प्रबचन दिएपनि महायज्ञमा मानिसहरु नआएपछी बाबाकै कारण महायज्ञ असफल हुने देखिएपछी सोमबार महायज्ञमा उनलाई बाचन गर्न रोक लगाईएको श्रोतको दाबी छ । प्रमुख वाचक नै नभएपछि आज महायज्ञ सुनसानजस्तै थियो । 

स्मरण रहोस निरन्तर सञ्चारमाध्यमबाट महाराजको समाचार सार्वजनिक भएपछि उपराष्ट्रपती नन्दबहादुर पुनले समेत आफु बिवादीत हुनेदेखेपछी उक्त महायज्ञ उद्घाटन नगरि शनिबार काठमाडौं फर्किएका थिए ।