सभामुखमा सापकोटा निर्विरोध निर्वाचित


१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्नि सापकोटा निर्वाचित भएका छन् ।

आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्ताशिन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।
अरु उमेद्वार नै नभएपछि सापकोटा निर्विरोध निर्वाचित भएका हुन्।