‘आफूलाई शक्तिशाली देखाउन प्रहरीले आस्था राउतलाई थुनामा राख्यो’

काठमाडौं । गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् ।

‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन ।

यसबाट प्रहरी र कलाकारको दूरी नबढोस् भन्ने म चाहन्छु ।’ प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा लिएको उनको भनाइ छ । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी पनि प्रहरीको यो कदमबाट खुुसी छैनन् । सामान्य घटनामा मुद्दा प्रक्रियामै जानु सही नभएको उनको भनाइ छ । नयाँ पत्रिकाबाट।