ठग बाबा बालेश्वर महाराजको कारण चितवनमा १०० बढी बटुक ब्राह्मण बिचल्लीमा


विकास ढकाल /भरतपुर /ठग बाबा बालेश्वर महाराज नाम बताउने विजय भण्डारीले चितवन को नारायणी किनार मा गर्न गैरहेको महायज्ञ को निकै चर्चा चलेको छ यसै क्रम मा माघ ५ गते देखि फाल्गुन १२ गते सम्म लाई भनेर बनारस , वृन्दावन, हरिद्वार ,पोखरा ,काठमाडौ , बागलुङ इत्यादि स्थान देखि निमन्त्रणा गरि बोलाइएका १०० अधिक बटुक ब्राह्मण बिचल्ली परेका छन एक बटुक ब्राह्मण बराबर ३५ हजार र खान बस्न को उचित प्रबन्ध गरिदिने भनेर बोलाइएका बटुक ब्राह्मण हरुलाइ सो अनुशार को व्यवस्था नहुनु र मिडियाहरु मा बालेश्वर नाम बताउने विजय भण्डारी को पर्दाफास पछि बटुक ब्राह्मण दोधार मा परेका छन त्यस माथी उपराष्टपति ले महायज्ञ उद्घाटन नगरेपछि सबै बटुक ब्राह्मण ले माघ ११ गते गरिने ब्राह्मण वरणी अस्विकार गरेका थिए र महायज्ञ समितिले सम्झौता पत्र नबनाए सम्म वरणी स्विकार नगर्ने र महायज्ञ को काम सुरु नगर्ने भए पछि माघ ११ गते नै रातारात देवघाट को एक धर्मशाला को छ्त मा १०० अधिक वटुक ब्राह्मण र महायज्ञ आयोजक समिति बैठक बसेका थिए र सो बैठक मा अब देखि बटुक ब्राह्मण लाई खान बस्न को राम्रो व्यवस्था गर्दिने र माघ १२ गते बिहानै महायज्ञ समिति ले समस्त बटुक ब्राह्मण लाई तोकेर बोलाए अनुसार को दक्षिणा दिने भन्दै सम्झौता पत्र तयार गर्ने जनाएको छ।