अरुण तेस्रो जलबिद्युत आयोजनामा अज्ञात समूहद्वारा शक्तिशली बम बिस्फोट।


संखुवासभाको निर्माणाधीन जलबिद्युत आयोजना अरुण तेस्रोको कार्यालयमा शक्तिशाली ब’म बिस्फोट भएको खबर छ । गएराति ११ बजेतिर ठुलो आवाजसहित बिस्फोटको आवाज आएको त्यहाँबाट स्थानीयले बताएका छन्। मकालु गाउँपालिका वडा नम्बर ५ र चिचिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको निर्माणाधीन आयोजनामा ब’म बिस्फोट भएको हो । बिस्फोटबाट के कति क्षति भयो त्यसको यकिन भएको छैन । यता जिल्ला प्रहरी कार्यालय संखुवासभाले विस्फोटनको खबर आएलगत्तै घटनास्थलका लागि प्रहरी टोलि हिडेको जानकारी दियो ।‘बिस्फोटको खबर आएको छ, जिप्रकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोलि त्यसतर्फ गएको छ ।’ जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ। घटनास्थल पुग्न करिब ३र४ घण्टा घटनाको थप विवरण आइनसकेको प्रहरीले जनाएको छ। हालसम्म विष्फोटको जिम्मा कसैले पनि लिएको छैन ।यसअघि पनि अरुण तेस्रोको पावर हाउसमा पटकपटक बिस्फोट हुदै आएको छ । अरुण तेस्रो भारतीय कम्पनीलाई बेचेर राष्ट्रघात भएको भन्दै विद्रोही नेकपाले आपत्ति जनाउदै आएको छ । फाइल तस्वीरस्