‘खिचरा डान्स आइडल’हुँदै

चितवन/पुस २६/सातौं खिचरा महोत्सवमा ‘खिचरा डान्स आइडल’ हुने भएको छ । प्रतियोगिता अन्तरगत शनिबार खैरहनीमा डान्स आइडलको अडिसन सम्पन्न भएको छ ।

डिज्नी पार्कमा भएको अडिसनबाट २० जना प्रतियोगी दोस्रो राउण्डका लागि छनौट भएको खिचरा डान्स आइडलका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।
दोस्रो राउण्डमा छनौट हुने प्रतिस्पर्धीहरुमा धनिशा चौधरी, अविशेक चौधरी, रविना श्रेष्ठ, दर्शना गाम्धारी, सारिका पुन, प्रकृति खरेल, खुशी सुवेदी एके४७ ग्रुप, आशिष चौधरी, स्मृति भण्डारी रहेका छन् ।

यसैगरि मन्जिता आले मगर, जेनिशा प्रजा, मनिका तामाङ, प्राची रोक्का,आयसा चौधरी, प्रतिमा इटनी, दिपिका चौधरी, समिरा छिनाल, सुप्रिया खराल र ज्ञान हमाल रहेको प्रतियोगिता संयोजक चौधरीले जानकारी दिए । अडिसनमा विश्व चौधरी, मिना चौधरी र सोनिया अधिकारी निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

छनौट भएका २० जना प्रतियोगीबीच यही पुस २८ गते पुनः प्रतिस्पर्धा हुने संयोजक चौधरीले जानकारी दिए । सातौं खिचरा महोत्सव भोलि ९आइतबार०बाट सुरु माघ ८ गते सकिदै छ ।