चितवनमा प्रथम भरतपुर महोत्सव हुने

चितवन /आर्थिक नगरीको रुपमा बिकास भईरहेको चितवनको भरतपुरमा प्रथम भरतपुर साँस्कृतिक तथा कृषि पर्यटन उद्योग व्यापार महोत्सव हुने भएको छ । भरतपुर क्षेत्रको स्थानीय बजार प्रर्वद्धन गर्ने उध्यश्य सहित आगामी फागुन २ गनेदेखि १३ सम्म भरतपुर बजार व्यवस्थापन समितिको आयोजना महोत्सव गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा प्रबद्धन गर्न महोत्सव गर्न लागेको आज शनिबार आयोजित पत्रकार सम्मेलन समितिका अध्यक्ष तथा मेला व्यवस्थापन मुल समितिका संयोजक धनश्याम पौडेलले जानकारी दिए। भरतपुरको केन्द्रीय बस पार्कमा सञ्चालन हुने महोत्सवमा भरतपुरको सँस्कृति, संस्कार, रितिरिवाज, परम्परा मौलिककतालाई बिशेष जोड दिएको उनले बताए । यस्तै कृषि र व्यापार पर्यटन भित्र्याउन पनि यो मेला सफल हुने विश्वास आयोजकको रहेको छ ।

पर्यटन वर्ष २०२० लक्षित गरेर भरतपुर महानगरको अभिभाकत्सवमा आन्तरीक तथा बाह्य पर्यटन गरी १० हजार पर्यटन भित्र्याउने समेत महोत्सवको लक्ष्य छ । ५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको महोत्सवमा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, औद्योगिक एवं व्यापार क्षेत्रको विकासको लागि महत्वपूर्ण पाटो हुने आयोजकको बिश्वास छ ।

यस्तै महोत्सव गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रगंशालाको प्रचारप्रसार सँगै सहयोग रकम दिने समितिले जनाएको छ ।
मेला अवधिभर उत्कृष्ट अण्डा उत्पादक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट केरा उत्पादनक, उत्कृष्ट तरकारी उत्पादक तथा उद्यमशिलतामा अग्रसर व्यक्तिहरुलाई पुरस्कार वितरण गरी हौसला प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

महानगरमा रहेको २९ वटै वडाको सहभागिता रहेने यस मेला सम्पूर्ण भरतपुरबासीको आफ्नै महोत्सव भएकाले सफल पार्न लागीपर्न आयोजकले आह्वान समेत गरेको छ ।