ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र ठोरी


नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन पर्साको ठोरीमा पहिलो पटक हुन लागेको हात्ती महोत्सवको तयारी तिव्र गतीमा भईरहेको छ ।
यही पौष २४ गतेदेखी शुरु हुने महोत्सवको लागि अहिल ठोरी ५
गडुवालाईनमा रहेकोे महोत्सव स्थल व्यवस्थापनको काम भईरहेको ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले एटुजेड समाचारलाई जानकारी दिए । महोत्सव स्थल सम्याउने काम लगभग समाप्त भईसकेको उनले बताए  । महोत्सव स्थल मर्मत को काम सकेको उनले जानकारी दिए । अहिले पोखरीमा पानी भर्ने काम भईरहेको उनले बताए । महोत्सव स्थलमा रहेको १०० मिटर लम्बाई र ८० मिटर चौडाईको पोखरीमा डुङ्गा चलाऊनका लागि पानी भर्ने काम भईरहेको छ । डुङ्गा चलाऊने बिषयमा अध्ययन गरेर नै पानी भर्न  लागिएकोउनले बताए । यसले पर्यटकलाई आकर्षण गर्न सहयोग मिल्ने
उनको विश्वास रहेको छ ।
अहिले ठोरी लगायतको आसपासको क्षेत्रहरुमा प्रचार प्रसारको काम पनि
भईरहेको छ । केही दिन अघी मात्र गाउँपालिका अध्यक्ष पदमलाल
श्रेष्ठ सहितको एक टोलिले महोत्सवमा हात्ती र जिप सफारीका लागी पर्सा
राष्ट्रिय निकुञ्ज भित्रको सडकको अवस्था र दृश्यावलोकन गर्ने ठाउँको
अवलोकन गरेको थियो । टोलिले जिप सफारी गर्ने सडकको अवस्था र
पर्यटकहरुलाई घुमाउन सकिने ठाउँको बारेमा अवलोकन गरेको थियो ।
पुस २५ गतेदेखि २९ गतेसम्म चल्ने ४ दिनसम्म चल्ने महोत्सव नेपाल
भ्रमण बर्ष २०२० सफल बनाउनका साथै ठोरीको पर्यटन प्रवद्दनका
लागि आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।हात्ती सवारी र जिप सफारी गरेर निकुञ्ज अवलोकन गर्न सकिन उनले बताए
। हात्ती सवारीका लागि ४ वटा हात्ती र जीप सफारीका लागि ३ वटा जीप
राखिने उनले जानकारी दिए । यस महोत्सवको माध्यमबाट पर्यटकिय
सम्भावना बोकेका ठोरीको बिभिन्न क्षेत्रको प्रचार प्रसारमा टेवा पुग्ने
श्रेष्ठको विश्वास रहेको छ ।
ठोरीमा प्रदेश २ कै पहिलो होमस्टे सन्चालन भएको छ भने पर्सा
राष्ट्रिय निकुञ्ज प्रवेशद्वारका रुपमा समेत परिचित एवम् हात्ती सवारी गरेर
निकुञ्ज अवलोकन गर्न सकिने भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ठोरीमा पर्यटक भित्र्याउन ठुलो सभावाना बोकेको हात्ती र
जीप सफारीमा नै महोत्सव केन्द्रित हुने उनले बताए । महोत्सवमा
सुर्वर्णपुरको गडवालाइनबाट रामभाटासम्म हात्ती सवारी तथा जीप सफारी गराइने उनले जानकारी दिए ।
यस बाहेक गोले डाँडा, रानीवन, सिता गुफा, सेतो भिर,
बागमुर्चामाईको मन्दिर, शिकारीबास, अग्रम बाबाको दरबार पनि ठोरीका प्रमुख पर्यटकिय गन्तव्य हुन् । यस महोत्सवले यि पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा पनि सहयोग पुग्ने उनको विश्वास छ ।
महोत्सवमा बिभिन्न खेलहरु समेत हुनेछ भने प्रत्येक दिन राष्ट्रिय तथा
स्थानिय कलाकारहरु प्रस्तुती, विभिन्न साँस्कृतिक कार्यक्रम र कुस्ती
प्रतियोगिता हुनेछन् । महोत्सवका लागि गाउँपालिकाले २० लाख बजेट
बिनियोजन समेत गरिसकेको छ ।