चितवनमा प्रहरी प्रमुख भएर आउनेको होडबाजी : राजनिती हस्तक्षेपका कारण सुरक्षामा चुनौती बढदै

सुनिता लामा/चितवन/पछिल्लो समय इलाका प्रहरी कार्यलय रत्ननगर,जिल्ला प्रहरी कार्यलय चितवन र जिल्ला ट्राफिक कार्यलय चितवनमा सरुवा भएर आउने कार्यालय प्रमुखहरु समय अवधी नपुगी सरुवा हुने गरेको पाइएको छ ।
ईलाका प्रहरी कार्यालय रत्ननगरमा प्रहरी प्रमुख भएर आउनुभएका भावेश रिमालको ४ महिनामै सरुवा भयो । प्रहरी प्रधान कार्यालयले रिमालको महानगरीय प्रहरी कार्यालय तालिम अन्वेषण तथा बिकाश शाखामा सरुवा गर्दै उहाँको स्थानमा अपराध महाशाखा टेकुका रबिन कार्कीलाई ल्याईयो ।
रिमाल यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हुनुहुन्थ्यो । त्यस अघिका प्रमुख डिएसपी सन्तोष आचार्य पनि ३ महिना भन्दा बढी टिक्न सक्नु भएन । उहाँलाई प्रहरी प्रधान कार्यालयले मानवश्रोत विकास विभागमा सरुवा गरेको थियो ।
ईलाकाको मात्रै होईन, जिल्लाको हालत समेत उस्तै छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख चन्द्र कुमार गिरी १० महिनामै आसरा सुनसरी धरान काज सरुवा हुनुभएको छ । भने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्ल समेत ७ महिना मै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरुवा हुनुुुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनकै प्रहरी नायब उपरीक्षक शालिक राम शर्मा पौडेल तीन महिनामै सरुवा हुनु भएको छ ।
प्रहरी नियमावलीमा कुनै स्थानमा सरुवा भई पदस्थापन भएको मितीले एक वर्ष नपुगी कुनै पनि प्रहरी कर्मचारीलाई सरुवा गर्न नहुने ब्यावस्था छ ।
त्यसरी समय नै नपुगी सरुवा भए त्यसलाई काम गर्न नसकेको वा कार्यक्षमतामा निक्कै कमजोर भएको भनेर बुझिने गरिएको छ ।
आवश्यकता अनुसार सरुवाको लागी समय अवधी कुर्नु नपर्ने नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता शैलेश थापा छेत्री बताउनु हुन्छ । प्रहरी प्रधान कार्यालयले चाह्यो भने जुनसुकै मिती,जुनसुकै समयमा पनि सरुवा गर्न सक्छ प्रवक्ता शैलेश थापा भन्नु हुन्छ ।
चितवनमा पछिल्लो पटक ४३ प्रहरी प्रमुखहरु फेरिएका छन् । दीपक थापाले मात्रै तत्कालीन समयमा प्रहरी प्रमुखका रुपमा डेढ वर्ष पूरा गर्नुभएको छ । त्यसपछि आउनु भएका प्रहरी प्रमुखहरुमध्ये सुशील सिंह राठौरले एक बर्ष चितवन प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।
यसपछि आउनुभएका प्रहरी प्रमुख मल्ल प्रहरी मुख्यालयले बिमानस्थल सरुवा गरेको थियो तर जिल्ला आउने नयाँ एसपी पनि नआउँदै प्रचन्डलाई रिप लेखेको मेसेज भाइरल भएसँगै , उनी नआएको कारण एसपीले अझै रवाना लिएका छैनन ।
यसरी जिल्लामा एकातिर सोर्सफोर्स लगाएर प्रहरी प्रमुखहरूको आगमन हुने अर्कोतिर विभिन्न काण्डहरुको कारण या समय नसकिँदै उनीहरूको सरुवाले जिल्लामा सुरक्षा अवस्था खस्कँदै गएको छ । यस विषयमा सम्बन्धित निकायले ध्यान दिनु पर्ने देखिन्छ ।