नेपाल भ्रमण बर्ष २०२०ः चितवनमा मेयर दाहालको नेतृत्वमा पर्यटकको भव्य स्वागत

चितवन /नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु भएको छ । भ्रमण बर्षको सूरुवातको दिन चितवन आएका पर्यटकहरुलाई चितवनको भरतपुरमा भव्य स्वागत गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल,प्रदेश सभा सदस्य विजय सुवेदी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,पर्यटन व्यवसायी लगाएतको उपस्थितिमा पर्यटकहरुलाई भब्य स्वागत गरिएको हो । जनवरी १ तारिखको बिहानै चितवनको भरतपुरमा घुम्न पुगेका पर्यटकलाई नगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहसहितको टोलीले सयपत्री फुलको माला र टिका लगाएर पर्यटकहरुलाई स्वागत गरेका हुन् ।
पर्यटन वर्षको सुरूको दिन भरतपुर महानगरले बुधबार बिहानै हवाई तथा वसबाट आएका पर्यटकहरुलाई भरतपुर विमान स्थलमा एक समारोहका विच माला टिका लगाएर स्वागत गरेको हो।
सो अवसरमा बोल्दै मेयर रेनुले नेपाल आउने ७० प्रतिशत पर्यटक भरतपुरमा भित्राउने लक्ष्य रोखेको बताईन् । उनले आफुहरुले ६ दिन ७ रातको प्याकेज घोषणा गर्दै पर्यटकहरु भरतपुरको ७ पोईन्ट घुमेर निकै आनन्दसगैँ रमाउने बताईन। सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित प्रदेश सभा सदस्य विजय सुवेदी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया, चितवनका सिडियो नारायणप्रसाद भटटराई, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, होटल व्यवसायी माहासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, पर्यटन विज्ञ विश्व सुवेदी, होटल व्यवसायी संघ चितवनकी अध्यक्ष शर्मीला न्यौपाने लगाएतका पर्यटन तथा होटल व्यवसायीहरुकोउपस्थितिमा पर्यटकहरुलाई भव्य स्वागत गरिएको थियो । सो अवसरमा महानगर प्रमुख रेनु र उपप्रमुख शाहले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पञ्चे बाजाको तालमा छमछमी नचाएका थिए ।