चितवन हात्ती महोत्सवमा हात्तीको बनभोज निकै आकर्षक बन्यो ।

चितवन/ चितवनको सौराहामा जारी १६ चितवन औं हात्ती महोत्सवमा आज बिबिध कार्यक्रमको आयोजना गरिएको थियो । त्यस मध्ये हात्तीको बनभोज निकै आकर्षक मानीएको थियो ।आयोजकका अनुसार बनभोजमा ८८ वटा हात्ती सहभागि भएका थिए। बनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । हात्तीको लागि स्याउ ,सुन्तला, केरा, बिभिन्न तरकारीका परिकार देखि उखुसम्मको व्यवस्था आयोजकले गरेका थिए ।