नेपाल भ्रमण वर्ष २०२० : विदेशी पयटकलाई भव्यताका साथ स्वागत

 चितवन/नेपाल भ्रमण वर्ष २०२० आज बुधवारबाट सुरु भएको छ । भ्रमण वर्ष सुरु भएसँगै चितवनको पयटकीय गन्तव्य भरतपुर २२ पटिहानीको वडा कार्यलयले पनि भव्य कार्यक्रम आयोजना गरी भ्रमण वर्ष २०२० को शुभारम्भ गरेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सो नगरवासीले विदेशी पयटकलाई पूmलको माला र अभिरले भव्यताका साथ स्वागत गरेका छन । कार्यक्रमको शुभारम्भ गर्दै भरतपुर महानगरपालिका २२ का वडा अध्यक्ष विष्णु प्रसाद महत्तोले भ्रमण वर्ष २०२० लाई लक्षित गदै आफ्नो वडामा नेपालकै नमुना खुल्ला आकाशे सडक‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ गैडाचोकमा आज साँझ पाँच बजे दिप प्रज्वलन हुने र अर्को हप्ता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल‘प्रचण्ड’ द्धारा उद्धघाटन गर्ने तयारी भएको बताउदै पर्यटकको सुविधाको लागि यहाँ भ्यू प्वाइन्ट, रेष्टुरेन्ट, डेटिक प्वाइन्ट, सेल्फी गेट, पार्किङ, महिला तथा अपाङ्गमैत्री शौचालय आन्तरीक तथा वाह्य पर्यटककोलागि महानगरकै नमुना वडा रहेको वडा अध्यक्ष महत्तोले बताउनु भएको थियो । वडा कार्यलायबाट विभिन्न भेषभुषामा सजिएर निकालीको ¥याली नगर परिक्रमा गरी पटिहानी टाउनमा पुगेर समापन भएको थियो ।