श्रीसम्पती सहित श्रीमती बेपत्ता भएपछी श्रीमान तनाबमा

चितवन । भरतपुर महानगरपालिका–१३ उज्ज्वल नगरकी प्रमिला सुनार दुई लाख नगद, दुई तोला सुनसहित आफ्नो बैंकको कागजात लिएर सम्पर्क्विहीन बनेकी छन् । उनी २४ मंसिरदेखि परिवारसँग सम्पर्क्विहीन बनेकी हुन् ।
श्रीमती परिवारबाट सम्पर्क्विहीन भएपछि विदेशमा रहेका श्रीमान् सन्तोष सुनार नेपाल फर्किएका छन् । नेपाल फर्किएर खोजी गर्दा फेला नपारेपछि प्रहरी कार्यलयमा उजुरी दिएको उनले बताए । उनी करिब ८ वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदीमा गाडी चलाउँदै आएका छन् ।
पछिल्लो समय विदेशमा राम्रै पैसा कमाएका सन्तोषले श्रीमतीलाई मासिक एक लाखभन्दा बढी पैसा पठाउँदै आएका थिए । उनले विदेशमा काम गरेर बाँकेमा ४ कठ्ठा जग्गा जोडेका थिए । जसमा २ कठ्ठा श्रीमतीको नाममा छ । यस्तै उनले भरतपुर(१३ मा पक्की घर बनाएका थिए । तर, घर धान्ने श्रीमती नै परिवारलाई छोडेर बेपत्ता भएपछि पीडा भएको उनले बताए ।
‘श्रीमतीलाई सजिलो होला भनेर माइती नजिकै घर बनाएर राखिदएँ,’ सन्तोषले भने, ‘माइती नजिक हुँदा छोरा(छोरीलाई राम्रो होला भन्ने लागेको थियो, कुनै झगडा पनि भएको थिएन, तर हामीलाई नै छाडेर गइन् ।’
प्रमिलाकी भाउजू विमला सुनार नन्द कसैसँग भागेको हुन सक्ने बताउछिन् । ‘ज्वाइँले धेरै सुखमा राख्नु भएकाले नन्दलाई मात लागेको जस्तो छ,’ उनले भनिन, ‘उनी कसैसँग भागेको हुन सक्छ ।’
प्रमिलाको ११ वर्षीय छोरा वसन्तले बेला(बेलामा एक जना मान्छे आफ्नो घर आउने गरेको बताए । उनले भने, ‘हामीलाई खाने कुरा ल्याइदिनु हुन्थ्यो, हाम्रै घरमा बास बस्नु हुन्थ्यो ।’
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता एक नारायण कोइरालाले प्रमिला सुनार हराएको भन्दै आफन्तले निवेदन दिएको जानकारी दिए । कोइरालाले भने, ‘उनले बोक्ने सिम कार्डको नम्बरका आधारमा अनुसन्धान भइरहेको छ । हामीले अनुसन्धानलाई जारी राखेका छौँ ।’