निमको पात अपनाउनुस यस्ता छन् फाइदा

निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ ।

निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ । आज हामी तपाईलाई निमको पातको ८ वटा फाइदाबारे जानकारी दिँदै छौं ।

निमको पातको ८ फाइदा यस्तो छ

१.निमको पात दहीसँग पिसेर दादमा लगाउँदा फाइदा मिल्छ,

२.निमको सेवन रक्त शुद्धि, छालाका समस्या आदिमा उपयोगी हुन्छ,

३. निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन,

४.निमको तेलले निधारमा मालिस गर्दा टाउको दुखाइ ठीक हुन्छ,

५. निमको ९–१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ,

६. निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ,

७. निमको पात हालेर पकाइएको पानीले नुहाउँदा छालाका रोगीलाइ लाभ फाइदा गर्छ,

८.निमको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा रहन्छ ।