भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात कस्को हो ? अनुसन्धान हुँदैं !

चितवन/भरतपुरको चौबिसकोठीमा काटेर फालिएको मानव हात बेबारिसे अवस्थामा फेला परेको छ । चौबिसकोठीबाट नारायाणगढतर्फको कम्पाउण्ड गरिएको जग्गामा उक्त मानव हात फेला परेको हो । आज (सोमबार) मध्यान्ह दुई बालकहरुले उक्त हात देखेका थिए । दिशा गर्न जाने क्रममा उनिहरुले हात देखेपछी प्रहरीलाई खबर गरेका थिए । फेला परेको उक्त हात कस्को हो ? के कसरी कस्ले त्याहा ल्याएर फालिएको हो भन्ने बारे अहिलेसमम केही खुल्न सकेको छैन्। अनुसन्धान भईरहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता डिएसपी एक नारायण कोइरालाले जानकारी दिए ।