काभ्रे जेसीजका उपाध्यक्ष मानन्धरको शब ईनारमा, घटना रहस्यमय

चितवन/नेपाल जेसीजको राष्ट्र्यिय महाधिवेशनमा रत्ननगर आएका काभ्रे जेसीजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर ईनारमा मृत फेला परेपछि घटना रहस्यमय बनेको छ । उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
नेपाल जेसिजको ४६ औं महाधिवेशन रत्ननगरमा पुष ९ गते देखि १२ गते सम्म भएको थियो । जसमा देशभरका करिब १५० वटा क्लबबाट आएका २५०० भन्दा बढि जेसीज प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा सहभागी हुन आएका काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष मानन्धरको शव आइतबार बेलुका रत्ननगर वडा नं १ र ९ को सिमामा रहेको नहर छेउमा रहेको ईनारमा भेटिएको हो ।
घटनाबारे आईतबार नै थाहा भएपनि प्रहरीले आज ९सोमबार० मात्रै परिवारको रोहोबरमा शव इनारबाट बाहिर निकालेको हो । शव हेर्दा पानीमै डुबेकै कारण शरीर फुलेको देखिएको छ । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट घटनाबारे थप रहस्य खुल्ने छ ।