नेकपा राप्तीको सपथ ग्रहण, जनताको हितमा काम गर्छु:अध्यक्ष लामा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती नगर कमिटीलाई सपथ ग्रहण गराइएको छ । नगर कमिटि अध्यक्ष इमानसिहं लामा, सचिव रामचन्द्र पाठक सहित ८१ सदस्यिय नगर कमिटीलाई सपथग्रहण गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कृष्ण खनालले सपथग्रहण गराएका थिए । खनालले नगर कमिटिलाई पार्टीको सिद्धान्तअनुसार उच्च मनोवलका साथ काम गर्न आग्रह गरे । उनले पार्टीलाई चलायमान बनाउन पार्टीको संगठन विस्तारमा लाग्न निर्देशन दिए । कार्यक्रममा बोल्ने नेताहरुले गुट उपगुट ले पार्टीलाई क्षति पुग्ने र ब्यक्तिको राजनितिक भविष्य पनि सकिने भएकाले सचेत रहन कार्यकर्तालाई आग्रह गरे । पार्टीलाई जो कसैले निजी स्वार्थ पूर्ति गर्ने हतियार बनाउन नहुने तर्क नेताहरुको भनाई छ । कार्यक्रममा जिल्ला अध्यक्ष यमबहादुर परियारले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुले संगठन विस्तार, पार्टी विरुद्ध भइरहेको गलत प्रचारको भण्डाफोर लगायतका काम गर्नुपर्ने बताए । कार्यक्रममा राप्ती नगरकमिटीका अध्यक्ष इमानसिहं लामाले पार्टीलाई चलायमान बनाउदै जनताको हितमा काम गर्ने बताए । लामो सयम देखिको पार्टी भित्रका गतिरोध अन्त्य गर्दै पार्टीलाई जनताको मन मनमा पु¥याउने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा पार्टीका जिल्ला सचिव तथा प्रतिनिधि सभा सदस्य कृष्णभक्त खनाल, प्रदेश सचिवालय सदस्य तथा ३ नं. प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेश सचिवालय सदस्य जेएन थपलिया, प्रदेश सदस्य तथा राप्ती नगरपालिका प्रमुख प्रभा बराल लगायतल बोलेका थिए । नगर इन्चार्ज मान बहादुर स्यांबोको अध्यक्षतामा भएको कार्यक्रममा पार्टिका जिल्ला कार्यलय सदस्य तेजेन्द्र खड्का, रामचन्द्र अधिकारी, विभिन्न जिल्ला सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका प्रदेश सदस्य फणिन्द्र पाठक, रत्ननगर नगरपालिका इन्चार्ज राजु अम्गाई लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा कम्युनिष्ट पार्टी छाडेका नरबहादुर राई लगायतले पुन नेकपा प्रवेश समेत गराइएको थियो ।