हात्तीपोलो खेलमा खैरहनी र छावाहरुको फुटवल खेलमा नाटा फाइनलमा प्रवेश 

चितनव /चितवनको सौराहामा गत् १० गतेबाट शुरु भएको हात्ती महोत्सव अन्र्तगत हात्ती पोलो प्रतियोगितामा खैरहनी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । पूर्वी चितवनकै कालिका नगरपालिकालाई पराजीत गर्दै खैरहनी फाइनलमा प्रवेश गरेको हो । खैरहनीले कालिकालाई ५–३ गोल अन्तरले पराजित गरेको महोत्सवको प्रतियोगिता संयोजक अन्जन पाण्डेले जानकारी दिए । पहिलो हाफमा ३–२ ले पछि पारेको खैरहनीले दोश्रो हाफमा २ गोल थप्दा कालिकाले एक गोल गर्यो ।
खैरहनीका लागि विनोद चौधरीले ह्याट्रिक गरे भने रन्जन भण्डारीले २ गोल गरे । कालिकाका लागि चन्द्र लामाले ह्याट्रिक गरेका थिए । मंगलवार रत्ननगर नगरपालिका र राप्ती नगरपालिकाबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पाण्डेले बताए ।
त्यसैगरी हात्तीका छावाहरुको फुटवल प्रतियोगिताको फाइनलमा नाटा प्रवेश गरेको छ । सोमवार भएको पहिलो सेमिफाइनल खेलमा भारतीय कम्पनी भेलिनालाई शुन्यक विरुद्ध एक गोलले पराजित गर्दै नाटा फाइनलमा प्रवेश गरेको हो । नाटालाई जिताउन रिमझिम कलीले एक गोल गरेको थियो । महोत्सव अन्र्तगत मंगलवार वीज भलिवल प्रतियोगिताको फाइनल र गाडा सजावट तथा विभिन्न संस्कृतिक कार्यक्रम हुने महोत्सवका सहयोजक ऋषि तिवारीले जानकारी दिए ।
क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा पुष १० गते सुरु भएको महोत्सव १८ गते सम्म चल्नेछ । महोत्सवमा हात्तीका छावाहरुको फुटवल,हात्ती पोलो, हात्ती सुन्दरी, हात्ती पेन्टिङ, हात्ती पिकनिक, महिला बीच भलिबल, डुंगा दौड,गाढा श्रृगार लगायतका खेलहरु समावेश गरिएको छ ।