भारतीय गुप्तचर संस्था ‘रअ’ फेरि सक्रिय : यादव घर न घाटका

काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले खाइपाइ आएको उपप्रधानमन्त्रीसहितका कानून मन्त्रालय गुमाउनु परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपमान गरेर सरकार छाड्न बाध्य बनाएको यादवले आरोप लगाएका थिए ।

आखिरमा अहिले यादव घर न घाटको भएका छन् । भारतीय गुप्तचर संस्था ‘रअ’ को डिजाइनमा यादवलाई सरकार छाड्न बाध्य पारिएको स्रोतले जनाएको छ । चीन निकट रहेपनि यादवलाई चिनियाँ पक्षले विश्वास गर्न सकेको थिएन ।

यादवका केन्द्रीय नेता र सांसदहरूले फ्रि तिब्बतको माग उठाउँदै आएका तिब्बती धर्मगुरु दलाई लामा र उनका अनुयायीहरूलाई धमाधम भेटेपछि चीन रिसाएको थियो । आखिरमा चीनले यादवलाई हटाउन ओलीलाई दबाब दिएपछि सरकार छाड्न यादवलाई बाध्य पारिएको बताइएको छ ।

आफूलाई चीनले पनि विश्वास नगरेपछि अध्यक्ष यादव भारतसँग निकट हुन खोजेका थिए । यादव दिल्लीमा भारतीय पक्षलाई फकाउन गएका बेला यता काठमाडौंमा ओलीले यादवको पद घटुवा गरेर कानुन मन्त्री बनाइदिएका थिए । प्रधानमन्त्री ओलीले यादवको स्वास्थ्य मन्त्रालय खोसेर कानूनमा पु(याइदिएका थिए ।

भारत पनि यादवलाई कसरी ओलीसँग टाढा पु(याउँ भन्ने षड्यन्त्रमा थियो । चिनियाँ पक्षले नै यादवलाई हटाउन ओलीलाई दबाब दिएपछि ‘रअ’ आफ्नो उद्देश्यमा सफल भएको छ । जानेर होस् वा नजानेर यादवलाई सरकारबाट बाहिर ल्याएर ‘रअ’ले आफ्नो मिशनलाई एकहदसम्म पूरा गरेको छ । यो घटनापछि नेपाली राजनीतिमा ‘रअ’फेरि उदाउन थालेको टिप्पणी भएको छ ।

यादवलाई सरकारबाट बाहिर ल्याउनमा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईको ठूलो योगदान छ । भारत निकट मानिने पूर्वप्रधानमन्त्री डा।भट्टराईले सरकारको बारम्बार आलोचना गरेका कारण ओलीलाई समाजवादी पार्टी घाँडो बनेको थियो । डा।भट्टराईले यादव र ओलीबीचको सम्बन्ध चिड्याउनका लागि पनि सरकारको विरोध गर्दै आएका थिए । जसको परिणाम यादव सरकारबाट बाहिरिए । स्रोतका अनुसार ‘रअ’कै डिजाइनमा यादव र डा।भट्टराईको पार्टीलाई एकीकरण गराइएको थियो ।

डा।भट्टराईका कारण यादवको मन्त्री पद फुत्किनुलाई ‘रअ’ले आफ्नो जित ठानेको छ । ‘रअ’कै डिजाइनमा समाजवादी पार्टीका नेताहरूले तिब्बती नेता दलाई लामालाई भेटेको स्रोतले जनाएको छ ।
मन्त्री पद फुत्किएपछि तनाबमा परेका अध्यक्ष यादवले डा।भट्टराईलाई पार्टीबाट भगाउने रणनीति बनाउन थालेका छन् । नेपाली कांग्रेसको बुइँ चढेर प्रतिनिधि सभामा निर्वाचित भएका डा।भट्टराई पछिल्लो समय नेपाली कांग्रेसविरुद्ध नै अभिव्यक्ति दिन थालेका छन् ।

डा।भट्टराईले ओलीका साथै नेपाली कांग्रेसलाई चिढ्याइदिएपछि अध्यक्ष यादव रिसाएका छन् । स्रोतका अनुसार अध्यक्ष यादवले डा।भट्टराईलाई पार्टीबाट स्वतः छाडेर जाने अवस्था सिर्जना गर्न थालेका छन् । अध्यक्ष यादवको प्रदेश २ मा रहेको प्रदेश सरकार पनि संकटमा परेको छ ।

पूर्वएमाले पृष्ठभूमि भएका नेताहरूले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन दवाव दिन थालेका छन् । आवश्यक प(यो भने मुख्यमन्त्री पदबाट हटाउन राउतविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव आउन सक्ने यादव निकट स्रोतको भनाई छ । प्रदेश २ का मुख्यमन्त्री राउत भारत निकट मानिन्छन् । भारतले नेपालको सिमाना मिच्दा समेत राउतले बचाउ गर्दै आएका छन् । यूनाइटेड पोस्ट साप्ताहिक