चितवनमा नेकपा र काँग्रेस झडपको राजनितीमा : मध्यवर्ती वनको निर्वाचनमा एकले अर्को पक्षमाथी आक्रमण गरेको दोषारोपण

चितवनमा नेकपा र काँग्रेस झडपको राजनितीमा केन्द्रित भएका छन् । उनीहरुले आफ्नो बर्चस्व बढाउन र आगामी चुनाब आफ्नो पक्षमा पार्न अहिल्यैबाट एकले अर्कोलाई राजनितीक सफायको रणनितीमा केन्द्रित हुँदै गरेका दृष्टान्त र घटनाहरु बिकास भईरहेका छन् ।

त्यसैको पछिल्लो कडीको रुपमा गत् पौंष ७ गते रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि हुने समूहका अध्यक्ष, उपाध्यक्ष र सचिव चयनमा दोहोरो झडपको रुपमा प्रकट भएको छ । नेकपाका अनुसार, मध्यवर्तीको निहुँमा काग्रेँस कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपटि गरेको भन्दै नेकपा चितवनले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको हो ।

बिज्ञप्तिमा मध्यवर्ती उपभोक्ता समितिको सबै टोलका इकाइको भेलाले सर्वसम्मत पदाधिकारीहरुको छनोट गरी मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा पेस गर्न जाँदा रत्ननगर नगरपालिका–५ निवासी नेपाली कांग्रेसका कार्यकर्ताहरु ऋषि गुरुङ, यादव पौडेल, प्रकाश खत्री, विकास गुरुङ, विष्णु रिमाल, श्री तामाङलगायतका व्यक्तिहरुले नेकपा जिल्ला कमिटी सदस्यहरु दुर्गाप्रसाद घिमिरे, स्थानीय नेता श्याम देवकोटा र रोजनाथ पाठकमाथि लछारपछार गर्दै कुटपिट गरेको उल्लेख गरिएको ।

विज्ञप्तिमा उपभोक्ताहरुको अधिकारमाथि हस्तक्षेप गर्ने नियतले कार्यालय हाताभित्रै आक्रमण हुनु अत्यन्त निन्दनीय कार्य भएको उल्लेख गरिएको छ । राजनीतिक पूर्वाग्रहका आधारमा नेपाली कांग्रेस पटकपटक नेकपाका नेता कार्यकर्तामाथि हिंसात्मक आक्रमणमा उत्रिँदै आएको भन्दै नेकपा चितवनले कानुन हातमा लिई सांघातिक आक्रमण गर्ने कांग्रेसको चरित्र नै बनेको भन्दै घटनाको घोर विरोध र भत्र्सना गरेको कुरा उल्लेख गरेको छ ।

यता नेपाली कँग्रेस चितवनले मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेको जनाएको छ । नेपाली कांग्रेस चितवनले सोमबार एक प्रेष बिज्ञप्ति निकाल्दै रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि आइतबार हुने निर्वाचन प्रक्रियालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले एकलौटि ढंगबाट पक्रिया अगाडि बढाएपछि उत्पन्न बिवादले नेकपाका नेता तथा कार्यकर्ताले घरेलु हतियार सहित नेपाली कांग्रेसका सदस्यहरुलाई आक्रमण गरेको जनाइएको छ ।

उक्त घटनामा नेपाली कांग्रेसका सहस्यहरु क्रमशः चन्द्र कुमारी पौडेल, अर्चना रिमाल, सिता घिमीरे, उर्मिला लम्साल, प्रकाश घिमीरे, गोमा गुरुङ्ग लगाएतका घाईते भएको र गम्भिर रुपमा घाइते भएकी चन्द्र कुमारी पौडेलको सिएमसी अस्पतालमा उपचार भईरहेको बिज्ञप्तिमा जनाइएको छ ।

सोहि घटनाका बिषयमा नेपाली कांग्रेसका सदस्य तथा तरुण नेता प्रकाश घिमिरेलाई पक्राउ गरिएको जनाउदै बिज्ञप्तिमा घिमिरेको तत्काल रिहाइको माग गरिएको छ ।

यस अघि पनि जिल्लामा दुईपार्टीबिच ठाँठाँउमा झडप भईरहेको छ, सम्रण रहोस काँग्रेसका कार्यकर्ताले नेकपाबाट निर्वाचित एक वडाध्यक्षलाई आक्रमण गर्दै कालोमोसो समेत दलेका थिए । आजको भण्डाफोर अभियानबाट